साझा नेटवर्क
सज्जन ढकाल, गुल्मी मंसिर १।
भनिन्छ युवा समाज समुदाय र राष्ट्र हाक्ने शक्ति हुन, समाज र समुदायका गहना हुन ।पथप्रदशक हुन बिकास परिवर्तन र समृद्धिका वाहक हुन । सामाजिक कर्तव्य ,उत्तरदायित्व सभ्य र समतामुलक समाज संगै राष्ट्र निर्माणका मुख्य जग र खम्बा हुन ।
आपसी मित्रता र भाइचाराको सम्बन्ध कायम गरि मेलमिलाप कायम गर्ने नयाँ पुस्ता हुन । यसै तथ्यमा आधारित हुँदै गुल्मी भुर्तुङ छापचौरका युवाले निकै उधारणिय कार्य गरेका छन ।त्यो आस्वसन मात्र होइन ब्यवहारमा लागू गरेर देखाए ।त्यसैले त सबैले चौतर्फी प्रसम्सा गरेका छन ।
“बतावरण सफा गरौं स्वस्थ बनौं ,आफ्नो गाउँ आफै बनाऔं “भन्ने मुल नाराका साथ कालीगण्डकी गाउँपालिका ७,भुर्तुङ छापचौर गुल्मिका युवाहरुले सुभ दिपावली २०७५ को पावन अवसरमा देउसी भैलो सन्चालन गरि जम्मा गरियको रकम बाट छापचौर बजारमा फोहर ब्यवस्थापनको लागि डस्टबिन प्रत्यक टोल, टोल र बजार क्षेत्र ,भुर्तुङ प्रहरी चौकी,वडा कार्यालय,हेल्थ पोष्ट र दुर्गा भवन माविमा वितरण गरेका छन । दुर्गा भवन मा।बि को प्राङ्गणमा कार्यक्रम गर्दै आज बिधिवत रुपमा यश कार्यक्रमको समुदघाटन गरि एको छ ।
विशेष गरि युवा समुहका संयोजक हिरा बिक्रम साहको सभापति भुर्तुङ वडा अध्यक्ष लोक प्रताव साहको प्रमुख आथित्य र निबर्तमान वडा अध्यक्ष गोपाल प्रसाद श्रेष्ठ, समाज सेवी बुद्धिजीवी लगायत राजनैतिक ब्यक्तित्व केयरसिह थापा, रुक्मागत सर्मा, कर्ण बहादुर किसान, कृष्ण थापा लगायत अन्य सबै युवाहरुको उपस्थितीमा कार्यक्रम सन्चालन गरिएको थियो ।
उक्त कार्यक्रममा विशेष रुपमा बोल्दै वडा अध्यक्ष लोक प्रताव शाहले यो युवा हरुको निकै प्रसम्सनिय कार्य हुनुका साथै नयाँ पिडिलाइ पनि असल मार्ग निर्माणका लागि सामाजिक कार्यमा प्रेरित गर्ने ऐतिहासिक कार्य भएको उल्लेख गर्नुका साथै युवाले बिकृती र बिसङ्गती होइन जनचेतना मुलक काम गरेर समाजको मन जित्नु पर्छ । राम्रो कार्यको प्रसम्सा र यो क्षेत्रकै नमुनामुलक कार्य भएको प्रष्ट पार्नु भएको थियो ।
त्यस्तै अन्य सबै ब्यक्तित्वहरुले पनि विशेष रुपमा सम्बोधन गर्दै भुर्तुङ छापचौरका युवाहरु उधारणका पात्र भएको प्रकाश पार्नु भएको थियो ।यस्तै सामाजिक कार्यमा अग्रसर युवाहरुलाइ निरन्तर साथ, समर्थन ,माया थप काम गर्ने प्रेरणा र उर्जा दिइरहने स्थानिय बासिन्दा मानकुमारी साहले बताउनु भयो ।यो युवाहरुको समाज लक्षित पहिलो प्रयास हो ।
प्लास्टिक लगायत अन्य सबै फोहरले बाटो घाटो सडक सबै हेर्न लायक छैन अब हामी ज्यादै खुसी छौ किनकी त्यो फोहर प्लास्टिक सबै डस्टबिनमा हुने छ ।सभ्य व्यवहार ,चरीत्र र आचरण संगै असल बानिको निर्माण गरि सहि सन्देस दिदै नयाँ पुस्तालाई असल बाटोमा हिडाउन खोज्नु एक अभिन्न पाटो भएको पनि प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमलाई बिसर्जन गर्दै भुर्तुङ छापचौर युवा समूहका संयोजक हिरा बिक्रम साहले आगामी दिनमा पनि निरन्तर सामाजिक कार्य गर्ने छौ ।सम्पुर्ण जनसमुदायको साथ समर्थन र थप उर्जा संगै प्रेरणको अपेक्षा गर्दै केही दिनमै छापचौर बजार संगै वडाका सबै स्थानहरुमा सडक बत्तिको र डस्टबिनको पनि ब्यवस्था गर्ने छौ भन्दै थप कार्यको जानकारी दिनु भएको छ ।
उक्त कार्यक्रमको सन्चालन अनिस ढकालले गर्नु भएको थियो १ स्थानिय सबै बासिन्दा निकै खुसी र हर्सित भएका छन । युवाहरुको प्रसम्सा र तारिफ गरेका छन १ जस्ले गर्दा सकारात्मक सन्देस चौतर्फी फैलदै छ ।
गाउँपालिका र वडाले गर्ने कार्य युवा अग्रसर भयर गरेको देख्दा निकै भाव बिव्हल भयको समाजसेवी तथा स्थानिय बासिन्दा कर्ण बहादुर किसानले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend