logo
  • शुक्रबार, असोज ९ २०८३

मिस्टर एण्ड मिस फेस अफ द नेसनको अडिसन मंसिर १५ गते हुने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौँ कार्तिक ३० ।
नेपालमानै पहिलो पटक युवा तथा युवतीहरुको लागि क्रियटिभ इन्साइट मिडिया प्रालिले मिस्टर एण्ड मिस फेस अफ द नेसन २०१८ (राष्ट्रका अनुहार) प्रतियोगिताको आयोजना गर्ने भएको छ । २०७५ मंसिर १५ गते शनिबार काठमाडौँको बागबजार यति प्लाजाको क्यापिटल फुड क्याफे (पध्म कन्या क्याम्पस अगाडी) पहिलो अडिसन हुने उक्त प्रतियोगिताको लागि अहिले क्रियटिभ इन्साइट मिडिया प्रालि बागबजार यति प्लाजाको छैठौ तलाबाट धमाधम फर्म वितरणको कार्य भईरहेको आयोजक सस्थाले जानकारी गराएको छ। सयौ सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्बाह गरेर सौन्दर्य प्रतियोगितामा लामो अनुभब बटुली सकेका संचारकर्मी, कलाकार तथा क्रियटिभ इन्साइट मिडिया प्रालिका अध्यक्ष सुर्य चन्दको आयोजनामा हुन लागेको यस प्रतियोगितमा मोडल तथा नर्सिङ डाइरेक्टर सिर्जना महत कार्यक्रम निर्देशक रहेकी छिन भने नरेश तन्डुकार कार्यक्रमको उप निर्देशक रहेका छन्।

भबिष्यमा नेपालबाट अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गरिदै आएको कुरा क्रियटिभ इन्साइट मिडिया प्रालिका अधक्ष्य सुर्य चन्दले साझा नेटवर्कलाई जानकारी दिए ।

क्रियटिभ इन्साइट मिडिया प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक युवा तथा युवती प्रतियोगीहरुले क्रियटिभ इन्साइट मिडिया प्रालिको कार्यालयबाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन । प्रतियोगितामा भाग लिनको लागि १६ वर्षदेखि ३० वर्षसम्मका तथा बिबाहित अबिबाहित दुवै युवा युवती प्रतियोगीहरुले भाग लिन पाउनेछन ।

उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता, स्टेज कार्यक्रममा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन। साथै बिजेतालाई रु २५,००० नगद सहित आकर्षक अन्य पुरस्कार समेत प्रदान गरिनेछ ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ करिब एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिनेछ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक सस्थाले गराएको छ ।


इच्छुक प्रतियोगीहरुको लागि सम्पर्क 

क्रियटिभ इन्साइट मिडिया प्रालि
यति प्लाजा बागबजार छैठौ तला (पिके क्याम्पस अगाडी)
मोबाइल न : ९८५१०४३९३२/९८५११७९२५०
फेसबुक : Mr & Miss Face Of The Nation

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend