साझा नेटवर्क
अनिल खत्री, गुल्मी कात्तिक ३०।
गुल्मीमा श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेपछि बिच्चलीमा परेका ४ जना बालवालिकाको उद्धार भएको छ । गएको कात्तिक १५ गते जिल्लाको मदाने गाउँपालिका ६ पनाहा निवासी ३३ वर्षिय दुर्गा नेपालीले आफनै श्रीमती ३१ वर्षिय सिता नेपालीको हत्यापछि ४ सन्तान अभिभावक बिहिन भएका थिए ।
नेपालीका छोरा बर्ष ११ को बिपिन नेपाली,बर्ष ८ की बिपना नेपाली,बर्ष ५ को बिकास नेपाली,बर्ष २ को बिक्की नेपालीलाई आमाको मृत्यु र बुवा प्रहरी कारवासमा बसेकाले यतिबेला कस्ले हेरचाहा गर्ने खडकिएको थियो ।
आमाको मृत्यु र बुवा प्रहरी हिरासतमा भएपछि केहि दिनको लागि मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसी, गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको सक्रियतामा केहि खाध्यन्न लत्ता कपडा व्यवस्था गरेर हेरचाहा हुँदै आएको थियो ।
तर शुक्रवार प्रजिअ पौडेल र गाउँपालिका अध्यक्ष केसी कै पहलमा ४ जना बालबवालिकाको उद्धार गरिएको हो । ४ जना बालवालिका एसोएस बालग्राम सानोठिमी काठमाडौंमा संरक्षण तथा लालन पालनसँगै पठन पाठन गर्ने गरि काठमाडौंलाई हस्तातरण गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
उनले बिचल्लीमा परेका बालवालिकाको सम्पूर्ण कागजपत्र तयार गरेर भावि भबिश्य निर्माणको लागि जिम्मा लगाइएको बताए । बालवालिका १ छोरी र ३ छोरा रहेका छन् ।
बालवालिका मध्ये ३ जनाले स्थानिय धारचौर प्राबिमा पढ्दै आएका थिए र १ जना सानो भएकाले आमाको हेरचाहामा थिए । तत्कालको लागि बालवालिकाको हेरचाहा इलाका प्रहरी कार्यालयबाट गरिएको गुल्मीका प्रहरी उपरिक्षक एसपी) दिपककुमार बस्नेतले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend