साझा नेटवर्क
कमल पौडेल, बागलुङ कार्तिक ३० ।
प्रथम वडिगाड महोत्सव तथा पौंदि न्वागी मेलाको उद्घाटनमा कार्यक्रम स्थलमा पुग्ने सवैलाई निशुल्क न्वागी खुवाउने व्यावस्था गरिएको छ। पौंदेलिको विशिष्ट पहिचान बनेको न्वागी को साइत सनिवार विहान ५ वजेर ४२ मिनेट जाँदा रहेको र नैरित्य दिशातर्फ फर्र्किएर भगवान् विष्णुलाई अर्पण गरि खानुपर्ने नैन प्रसाद आचार्यले वताउनु भएको छ ।
महोत्सवको पहिलो दिन न्वागीको साइत परेको ले सो दिन सवै आगन्तुक पाहुना सहित सवै दर्शकलाई तथा अतिथिहरुको लागि मेला अवधिभर न्वागी खुवाउने व्यावस्था मिलाइएको वडा अध्यक्ष अर्जुन प्रसाद खरेलले जानकारी दिनुभएको छ।
न्वागी स्थानिय जातको धान (जडन) को चामल, दहि र केरामा भिजाएर स्थानिय उत्पादन सिलाम, तिल मिसाई वास्तु पुजा गरि शुभ साइतमा शुभ दिशा पारी खाने एक परिकार हो। पौंदेलिहरुले मंसिरमा पर्ने न्वागी नखाएसम्म नयाँ धान प्रयोग नगर्ने चलन रहेको महोत्सवका सचिव समेत रहेका स्थानिय विष्णु प्रसाद आचार्यले वताउनु भएको छ।
पौंदि क्षेत्र भित्र बागलुङको ग्वालीचौर, जलजला सहित गुल्मीको नेटा, पौदिअमराई लगाएत तत्कालिन इश्मा राज्य अन्तरगत पर्ने क्षेत्रहरु पर्ने गर्दछन्। पौदेलिको न्वागी मेलाको अवसरपारी प्रथम बडिगाड महोत्सवको आयोजना गरिएको हो।
कला संस्कृति कृषि र पर्यटन समृद्ध बडिगाडको आधार, प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला नमुना बडिगाडको पूर्वाधार भन्ने नारा सहित मंसिर १ गते देखि ९ गते सम्म महोत्सव सञ्चालन हुनेछ।
कार्यक्रममा सुरक्षा व्यावस्था प्रभावकारी वनाउन प्रहरी निरिक्षकको कमाण्डमा ३५ जनाको जनपथ प्रहरी टोली खटिएको तथा आयोजकको तर्फवाट स्वयंसेवकको समेत व्यावस्था गरिएको गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिनुभएको छ।
मेलामा शुरक्षालाई थप व्यवस्थित गर्न कार्यक्रम स्थललाई सिसि क्यामराले निग्रानी गर्ने व्यावस्था मिलाइएको छ। दर्शकको सहजताको लागि कार्यक्रम स्थलमै पिउने पानी, चर्पि, प्राथमिक उपचार लगाएतको व्यावस्थापन मिलाइएको कार्यालय सचिव टिका पाइजाले जानकारी दिनुभएको छ।
महोत्सवमा १ सय ५० स्टल रहने र झण्डै २ करोड वढिको कारोवार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
बडिगाड खोलाको असला माछा, रणसिंहको भिरमौरि तथा मह, कुमाल जातीको हेम्फै नाच, पौंदिवासीको न्वागी, शिसाखानीको घाटु तथा हनुमान नाच, दगातुन्डाडा, घ्वाग, जलजला लगाएतका क्षेत्रको सोरठी, भैलो, बडिगाडका नौमति वाजा, भिमगिठेको गुरुङ संस्कृति, सरायँनाच, लाखेनाच तथा ३० भन्दा वढि प्रजातिका जडिवुटि, खानीका स्लेट ढुंगा, कृषि प्रदर्शनी लगाएतका आकर्षण रहने भएका छन्।
स्थानिय प्रतिभालाई प्रोत्साहन गर्न बडिगाड आइडल, शैक्षिक प्रदर्शनी, बक्तृत्वकला प्रतियोगिता, खुल्ला कविता प्रतियोगीता, खुल्ला साँस्कृतिक कार्यक्रम लगाएतका प्रतिस्पर्धात्मक कार्यक्रम समेत संचालन हुँदैछन्।
महोत्सवकै अवसरमा खुल्ला पुरुष तथा महिला भलिवल, अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगीता, लोक दोहोरी प्रतियोगीता लगाएतका राष्ट्रिय कार्यक्रम संचालन हुने छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend