साझा नेटवर्क
कमल पौडेल,बागलुङ कार्तिक २९ ।
बागलुङ पश्चिमकै पहिलो हार्मोनियम वादकको रुपमा परिचित कुसल उद्घोषक, गायक तथा शिक्षक भिमलाल भुसालको ७औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली कार्यक्रम बडिगाड गाउँपालिका २ सक्न्यारमा सम्पन्न भएको छ।
नेपाल कम्यूनिष्ट पार्टि, नेपाल राष्ट्रिय शिक्षक संगठन तथा राष्ट्रिय जनसाँस्कृतिक महासंघ बडिगाड को संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा, नेपाल कम्यूनिष्ट पार्टिका नेताहरु प्रेम खरेल, सुनिल शेरचन, एकिकृत अखिल नेपाल शिक्षक संघका बागलुङ अध्यक्ष नगेन्द्र खरेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका बडिगाड अध्यक्ष वेद प्रसाद पोखरेल, परिवारको तर्फवाट डालेश्वर भुसाल, स्थानिय टेक वहादुर सलामी लगाएतले शोक मन्तव्य व्यक्त गर्दै भुसालले गरेको सामाजिक योगदानको चर्चा गर्नुभएको थियो।
कार्यक्रम नेपाल कम्यूनिष्ट पार्टि बडिगाड संयन्त्रका सदस्य तिर्थमणि भुसालको अध्यक्षता तथा राष्ट्रिय जनसाँस्कृतिक महासंघका सचिव कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो। भुसालको ५५ वर्षको उमेरमा कार्तिक २३ गते तिहारको दिन काठमाडौंको भक्तपुर लोकन्थलीमा हृदयघातको कारण निधन भएको थियो। २०४२ सााल देखि कम्यूनिष्ट आन्दोलनमा लागेका भुसाल राष्ट्रिय जनसाँस्कृतिक महासंघको संस्थापक हुनुहुन्थ्यो।
२०४८ साल देखि स्थायी शिक्षकको रुपमा शिक्षण सेवामा रहनुभएका भुसाल हाल श्री भिमगिठे मावि भिमगिठेमा मावि तहको नेपाली शिक्षकको रुपमा कार्यरत रहनुभएको थियो।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend