logo
  • शनिबार, साउन ३० २०८३

मोडलिङ क्षेत्र उदाउँदै मोडल मनिषा सापकोटा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द, काठमाडौँ कार्तिक २९ ।
युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत धेरै बढेको छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । त्यस्तै मोडल/नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी नब मोडल हुन् मनिषा सापकोटा ।

नृत्य तथा अभिनयमा पोख्त मोडल मनिषा सापकोटा सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।

काठमाडौँ धुम्बाराहीको स्थायी बासिन्दा मनिषा सापकोटा बिगत २ बर्ष देखि यस क्षेत्रमा आबद्द रहेर ब्यबसायिक मोडलको रुपमा आफुलाई निखार्दै आएकी छिन । हेर्दा पनि निकै आकर्षण मोडल मनिषा, हासिरहने शालीन स्वभावकि छिन । मनिषा यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउछिन । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने मनिषा अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिशरत छिन ।

केहि म्युजिक भिडियोमा अभिनय गरि सकेकी मनिषाले टिभि एड, टेलिसिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन l फेशन सो हरुमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेकी मोडल मनिषा भन्छिन, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु । उनी भन्छिन– मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नूनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उनी बताउँछिन।

स्नातक तहमा अध्ययनरत मनिषा परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडि बढेकी छिन l मोडलिङ पेशा एक मर्यादित र राम्रो पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनौ, अब हामी जस्ता युवा पुस्ता भएर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्छ मनिषा भन्छिन । उनि अभिनित नया म्युजिक भिडियो चाडैनै बजारमा आउदै छ l

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend