साझा नेटवर्क
सज्जन ढकाल, गुल्मी कार्तिक २७ ।
कालिगण्डकी गाउँपालिका वडा न ७ भुर्तुङ हिलेमा रहेको संघर्ष युवा क्लवले “स्थानिय सम्पदाको संरक्षण र विकास गरौं हिले जाऔ सत्यवतिको दर्शन गरौं “भन्ने मुल नाराका साथ यहि मङ्सिर ४ गते देखि ७ गतेसम्म भिकुम पुर्णिमा मेला तथा सत्यवती महोत्सव २०७५ सन्चालन गर्ने भएको छ ।
विशेषगरी महोत्सवमा यस क्षेत्रकै उच्च पुरस्कार राशी रहेको सत्यवती कप खुल्ला पुरुष भलिबल प्रतियोगिता, साविकको वडा स्तरिय महिला भलिबल प्रतियोगिता, डबल मेन्स ब्याडमिन्टन प्रतियोगिता, समूह नृत्य प्रतियोगिता, मावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता, एकल नृत्य, प्रतियोगिता तथा लोपोन्मुख सालैजो, ठाडो भाका, प्रस्तुती साहित्यिक रचना बाचन, मार्सल आर्ट, डेमोन्ट्रेसन, फोटो, चित्रकला, प्रदर्शनी सन्चालन गर्ने भएको छ ।
त्यस्तै महोत्सवमा सत्यवती पुजा, स्थानिय कृषि उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण र चन्दादाता माहानुभावहरुलाई विशेष कार्यक्रमका बिच सम्मान गरिने भएको छ ।
महोत्सव अवधिभर स्थानिय झाकी, राष्ट्रिय रुपमा ख्याती प्राप्त लोकदोहरी गायक पशुपति शर्मा, प्रसाद खप्तरी मगर, जनबादी गायक जीवन शर्मा, उदय पुन, गायिका जुना श्रीस मगर, रुपा घर्ती मगर, इन्दिरा गुरुङ लगायत अन्य स्थानिय कलाकारहरुको विशेष उपस्थिति र बेजोड साङ्गेतिक प्रस्तुती रहने र महोत्सवको प्रचार-प्रसार तिव्र बनाइएको महोत्सव प्रचार-प्रसार समितिका संयोजक एमु गिरिले साझा नेटवर्कलाई जानकारी गराउनु भयो ।
भिकुम पुर्णिमा मेला तथा सत्यवती महोत्सव २०७५ को मुख्य आयोजकको रुपमा संघर्ष युवा क्लब भुर्तुङ हिले,सह-आयोजककोहरुमा कालीगण्डकी गाउँपालिका, कालीगण्डकी गाउँपालिका ७ भुर्तुङ, सत्यवती आमा समूह हिले रहेका छन । कार्यक्रम अवधिभर दर्शक महानुभावहरुलाई नि:शुल्क प्रवेश कार्यक्रमको अवलोकन र सत्यवती माताको दर्सन गर्ने व्यवस्था गरिने भएको छ ।
विशेषगरी सत्यवति कप खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तरगत बिजेता समूहलाई रु १ लाख उपबिजेता समुहलाई रु ६० हजार र सेमिफाइनल उपबिजेता दुई समुहलाई नगद रु १५/१५ हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक स्रोतले जनाएको छ ।
प्रचार प्रसारको अभावमा रहेको हिन्दु धार्मिक आस्थाको केन्द्रबिन्दु सत्यवती मन्दिरको प्रचार-प्रसार गरी धार्मिक तथा पर्यटकिय स्थलको रुपमा यसक्षेत्रलाई विकास गर्ने यस महोत्सवको मुख्य लक्ष्य र उद्देश्य रहेको क्लवका अध्यक्ष लेखान्त पुनले जानकारी गराउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend