logo
  • शनिबार, साउन ९ २०८३

‘सबैकी दिदी’ अञ्जलीले २ सय जनालाई भाइटीका लगाइदिइन्


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

काठमाडौं, कात्तिक २३ ।
दिदीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकालाई सबैकी साझा दिदी अञ्जली मास्केले भाइटीका लगाइदिनु भएको छ ।

मास्केले झण्डै २०० जनालाई टीका लगाइदिनुभएको हो । उहाँले सगुन भने २०८ जनालाई तयार गर्नु भएको थियो । वि.सं. २०५५ देखि अञ्जली दिदी र अञ्जली दिदीकी दिदी रेणु मास्के प्रधान मिली सामूहिक भाइटीका लगाउँदै आउनुभएको छ ।

मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो । मास्केले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाएर सयपत्री फूलको माला, सप्तरङ्गी टीका लगाइदिँदै आशीर्वाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend