logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा भाइटिका लगाउन हिडेको जिप दुर्घटना, ५ घाइते

घाइतेहरुलाई हेलिकप्टर मार्फत काठमाडौं लगियो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी कार्तिक २३।
गुल्मीमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । शुक्रवार जिल्लाको सदरमुकाम तम्घासबाट भाइटिका लगाउन भाडगाँउतर्फ जाँदै गरेको बा १० च ६१५२ नम्बरको जीप शुक्रबार बिहान रेसुङ्गा नगरपालिका ३ को भाडगाउँमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले बताए ।

दुर्घटनामापरि जीप मालिक रेसुङ्गा नगरपालिका १ निवासी ४५ वर्षिय निर्मला केसी, उनका २६ वर्षिय छोरा प्रवेश केसी, छोरी २३ वर्षिय सन्ध्या केसी, रुपनदेही फुलवारी निवासी २१ वर्षिय मनिका घिमिरे र रेसुङ्ग नगरपालिका निवासी १६ वर्षिय पुष्पा राना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरु ५ जनालाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ । घाइतेहरुको हातमा र टाउकोमा चोट रहेका प्रहरीले जनाएको छ ।

दुर्घटना परेको जीपका चालक सुरज पन्थी फरार रहेको प्रहरीले जनाएको छ । दुरघटनाको कारण भने खुलेको छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend