logo
  • शनिबार, भाद्र २० २०८३

क्यान्सर पिडित लक्ष्मीदेवीलाई कतार नेपाली एकता समाजले आर्थिक सहयोग गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, बुटवल कार्तिक २० ।
कतार नेपाली एकता समाज अन्तर्गत दोहा एरियाको उपाध्यक्षको कियर सिंह थापाको बिशेष पहलमा आर्थिक रकम संकलन गरी  हस्तान्तरण  गरेको छ ।
बाग्लुङ्ग जिल्ला जैमिनी नगरपालीका वडा नंं. ९ पैंयुथन्थापरमा स्थायी बासिन्दा देबेन्द्र उपाध्यायको श्रीमति लक्ष्मी देवी उपाध्यायको मुत्र थैलीमा क्यान्सर भइ उपचाररतको क्रममा बिपि कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा उपचारत रहि आउनु भएकी पिडितले सहयोगको लागी देश विदेशमा रहनुहुने दाजुभाई दिदिबहिनी तथा आफ्न्तहरुमा आर्थिक सहयोगको लागी याचना गरेकी थिइन । मानव सेवा नै धर्म हो हेतुले आर्थिक रकम संकलन गरी सहयोग गरेको हो । उक्त रकम राष्ट्रिय जनमोर्चाको जिल्ला पार्टी कार्यालय चितवनमा कतार नेपाली एकता समाज केन्द्रिय सल्लाहकार तथा हाँक साप्ताहिक प्रवास सम्पादक उद्धव मगर, कतार नेपाली एकता समाज केन्द्रिय सदस्य हरि प्रसाद शर्माको उपस्थितिमा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष डम्बर पुरी द्वारा आर्थिक रकम (४०००० )चालीस हजार रुपौया हस्तान्तरण गरिएको छ ।

जिल्ला अध्यक्ष डम्वर पुरीले मन्तव्यको क्रममा आफ्नो भनाई राख्दै यस आर्थिक अभियानमा सहयोग गर्ने अहम भुमिका निर्वाह गर्ने दोहा एरियाका उपाध्यक्ष कियर सिंह थापा लगाएत यो सहयोगार्थमा आत्मसाथ गर्ने सम्पुर्ण प्रवासी नेपालीहरुमा विशेष् आभार प्रकट गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend