logo
  • सोमबार, असोज १२ २०८३

बडिगाड महोत्सवमा कुन वडा बाट के प्रदर्शन हुने ?


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ कार्तिक १६ ।
बडिगाड महोत्सव अन्तरगतको संघ संस्था परामर्स उपसमिति र बडिगाड गाउँकार्यपालिकाको संयुक्त वैठक खार वजारमा सम्पन्न भएको छ। वैठकले प्रत्येक वडावाट महोत्सवमा प्रदर्शन हुने कार्यक्रम तथा सामाग्रिहरुको सुचि तयार गरेको छ। जस अन्तर्गत वडा नं. १ वाट नौमति वाजा, भैलो, सरायँ, झाँकी सहित स्थानिय उत्पादनहरु मह, कोदोको पिठो, टिमुर लगाएतका सामाग्रि, वडा नं. २ वाट हेम्फै नाच, भैलो, सहित स्थानिय उत्पादनहरु केरा, तरुल, अदुवा, वेसार, सावुन लगाएतका सामाग्रिहरु, वडा नं. ३ वाट घाटु नाच, हनुमान नाच, सहित स्थानिय उत्पादनहरु सुन्तला, वाँस निगालोवाट वनेका सामाग्रिहरु सहितका सामाग्रिहरु, वडा नं. ४ वाट भैलो, नौमति वाजा, सहित स्थानिय उत्पादनहरु टिमुर, जडिवुटि तथा निगालोका सामाग्रिहरु, वडा नं. ५ वाट नौमति वाजा, लाखेनाच, भजन, झाँकि सहित स्थानिय उत्पादनहरु धान, किवि, कफि, मरिच, केरा लगाएतका सामाग्रिहरु प्रदर्शन गर्न पाउने छन् ।

त्यस्तै वडा नं. ६ वाट सोरठी, नौमति वाजा, भजन, लाखेनाच, सहित स्थानिय उत्पादनहरु आलु, धान, कोदो, अदुवा, भाँगो, सिलाम सहितका सामाग्रिहरु, वडा नं. ७ वाट नौमति वाजा, गुरुङ संस्कृति, सहित स्थानिय उत्पादनहरु च्यूरिको ध्यू, फापर, निगालो वाट निर्मित सामाग्रि सहित अन्य सामाग्रिहरु, वडा नं. ८ वाट भैलो, नौमति वाजा, स्थानिय फलाम, भिरमौरि, हातेकागज, सेलेट ढुंगा, सहित स्थानिय उत्पादनहरु किवि, आलु, सिस्नो सहित ३० थरी जडिवुटिहरु, वडा नं. ९ वाट नौमति वाजा, सहित स्थानिय उत्पादनहरु भकिम्लो, केरा लगाएतका सामाग्रिहरु, वडा नं. १० वाट सरायँ, सारठी, नौमति वाजा, ३ प्रकारका सेलेट ढुंगा, सहित स्थानिय उत्पादनहरु अलैंचि लगाएतका सामाग्रिहरु प्रदर्शन हुने भएका छन्।

महोत्सवमा वडिगाडको असलामाछा विशेष हुने भएको छ। जसको लागि आवश्यक व्यावस्था गरिएको छ। वैठक कमल पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend