logo
  • सोमबार, असोज १२ २०८३

हेम्फै नृत्य सहित दिपज्योतीको कार्यक्रम सकियो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ कार्तिक १६ ।
दिपज्योती युवा परिवार बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरको आयोजनामा दशैं तथा तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आयोजना गरिएको खुल्ला भलिवल प्रतियोगीतामा वसन्त युवा क्लव समुह प्रथम भएको छ ।

आयोजक दिपज्योती युवा परिवार द्धितिय भएको छ। त्यस्तै रेकर्ड नृत्य प्रतियोगीतामा सिंजाली गायज प्रथम, प्रिया गुरुङ द्धितिय, वासना साँवत तृतिय, तथा दिपज्योती युवा परिवारले सान्तोना पुरस्कार जितेका छन्।

कार्यक्रमको उद्घाटन गर्दै वडिगाड गाउँपालिकाका प्रमुख मेयरसिंह पाइजाले खेलकुद, कला संस्कृति देशका आधार भएको भन्दै जगेर्ना र विकास गर्न गाउँपालिका लागि परेको वताउनु भएको छ। पाइजाले सामाजिक एकतावाट मात्रै विकासले गति लिने भन्दै सवैलाई एकतावद्ध भएर सामाजिक विकासमा लाग्नुपर्ने वताउनु भएको छ।

कार्यक्रममा पालिका अध्यक्ष मेयरसिंह पाइजा, वडा अध्यक्ष हिमा खरेल सहित कार्यक्रममा सहयोग पुर्याउने प्रायोजक, तथा सहयोगीहरुलाई सम्मान गरिएको थियो। सोहि कार्यक्रममा कुमाल जातीको साँस्कृतिक नाच हेम्फै नाच को समेत प्रदर्शन गरिएको थियो।

कार्यक्रम दिपज्योती युवा परिवारका अध्यक्ष गणेशमान चालिसेको अध्यक्षता, उपाध्यक्ष सुर्य घिमिरेको स्वागत मन्तव्य तथा सचिव होमनाथ खरेलको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend