साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी कार्तिक १५ ।
उमेरले ७२ । कर्मले गाउँपालिका प्रमुख । गुल्मी दरबार गाउँपालिका प्रमुख अशोक थापा बुढेशकालमा कम्प्युटर सिक्दैछन् । थापासहित उमेर ढल्किएर कार्यपालिका सदस्य अहिले कम्प्युटर जान्न धमाधुस गरिरहेका छन् । पाका जनप्रतिनिधीलाई अवसरले माथी पुराएपनि प्रविधीले पछाडी पार्न थालेपछि चिन्ता लाग्ने गरेको छ ।
गाउँपालिका तथा वडावाट हुने सिफारिस, निवेदन लगायतका सामान्य काम पनि कम्प्युटरवाटै गर्नुपर्ने भएकाले गाउँपालिका प्रमुख सहित कार्यपालिका सदस्यहरुलाई कम्प्युटर सिकाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए ।
सामान्य कामहरु पनि कम्प्युटरबाटै हुन थाले,सिकाउँदै छौ,‘शर्माले भने,‘ नेपाली युनिकोड, इमेल इन्टरनेट, वेवसाईट, सामाजिक संजाल, मोवाईल एप्लिकेशन चलाउन सक्ने बनाउने हो ।’ गुल्मी दरवार गाउँपालिका ३ का वडाअध्यक्ष ७६ बर्षिय क्याप्टेन बल बहादुर थापा बुढेशकालमा कम्प्युटर सिक्न पाएकोमा खुसी छन् ।
लामो समय भारतीय सेना र बाँकी समय समाजसेवा बिताएका बल बहादुरलाई अहिले कम्प्युटर अपरिहार्य भएको छ । ‘खै आँखाले ठम्याउनै गाह्रा छ के सिक्ने ? उनले भने,‘ कम्प्युटरमा आफ्नो नाम र एवीसीडी अहिल अलि लेख्न थालेको छु ।
कम्प्युटर नजानेकाले वडामा सामान्य कामहरु पनि सचिवलाई गुहार्नु पर्ने र आफु पनि समयसंगै बद्लिनुपर्छ भनेर आफुहरुकै मागमा कम्प्युर सिक्न थालिएको उनले बताए । अत्यन्तै रुची भएकाले आफुले ल्यापटप किनेर घरमा पनि सिक्दै गरेको बताए ।
प्रविधिको प्रयोग गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आधारभुत तालिमको आयोजना गरिएको गाउँपालिका प्रमुख अशोक कुमार थापाले बताए । गाउँपालिका तथा वडा कार्यालयवाट हुने सम्पूर्ण कामको अभिलेख कम्प्युटरमै राख्नुपर्ने जटिलता र अहिलेको परिस्थीतिमा कम्प्युटर अनिवार्य भएको बताए ।
अहिले प्रविधिसगँ खेल्न नसक्ने भए आखाँ नै नभएजस्तो भइने,’थापाले भने,‘ सवै उत्साहित भएर सिकिरहेका छौ ।’ जनप्रतिनिधीहरुलाई गाउँपालिका आईटी इन्जिनियर सुरेश खनाल, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, सहायक कम्प्युटर अपरेट चन्द्र पन्थी लगायतले कम्प्युटर सिकाइरहेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend