logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा दुई दिनमा चार जनाले विष खाए


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी कार्तिक १५ ।
गुल्मीमा आज पनि एक जना युवतिले बिष सेवन गरेकी छन् । जिल्लाको मुसिकोट नगरपालिका ३ वडागाउँकी २२ बर्षिया सरिता घर्ति क्षेत्रीले बिष सेवन गरेकी हुन् । उनले आज दिउँसो १२ बजे घरका सासु ससुरा खेतमा गएको बेला मुसा मार्ने पाउडर खाएकी हुन् ।

अचेत जस्तै रहेकी उनलाई जिल्ला अस्पताल तम्घासमा प्राथमिक उपचारपछि पाल्पा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ‘भित्र बिष खाएर मैले बिष खाएँ, बहिनीको स्याहार गर्नु भन्दै बाहिर आउनुभयो,’भान्जि बिमला पाण्डेले भनिन,‘ सवैलाई खबर गरेर छिट्टै अस्पताल पुरायौँ ।

उनका श्रीमान रोजगारीको शिलसिलामा ओमन रहेका छन् । घरमा एउटा बच्चा, सासु ससुरा र आमाजु दिदि रहेको पाण्डेले बताइन् । उपचारका लागि अस्पताल आएका छिमेकी जेठाजु कर्ण जिसीले परिवारमा खासै झगडा नहुने भएपनि खास कारण नखुलेको बताए ।

बुधबार पनि सदरमुकाम तम्घास नजिकैको एक बिद्यालयका तीन छात्राले बिष खाएका थिए । अहिले उनीहरु पाल्पामा उपचार गरिरहेका छन् । गुल्मीको रेसुङा नगरपालिका १० को भगवती माबीका १६ वर्षिया समिक्षा थापाले आफुले बिष सेवन गरेर साथीहरु सपना थापा र पार्वती केसिलाई पानी भनेर खुवाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले बताए ।

अब हरेक परिवारले बिषको सहि व्यावस्थापन गर्नुपर्नेमा प्रहरी उपरिक्षक बस्नेतले जोड दिए । साथै बिक्री वितरण गर्ने पसलहरुले मान्छेको पहिचान र उचित कारण सहित बिषको बिक्री वितरण गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend