साझा नेटवर्क
कमल पौडेल , बागलुङ कार्तिक १५ ।
प्रथम गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता २०७५ मा ११ टिमको सहभागिता रहने भएको छ। बडिगाड गाउँपालिकाको खार वजारमा मंसिर १ देखि ३ गते सम्म चल्ने प्रतियोगीतामा विभागिय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा ७ वटै प्रदेशको टिम र आयोजक १ गरि ११ टिमको सहभागिता रहने भएको छ।
प्रतियोगितामा देश भरवाट ३ सय वढि खेलाडि, २२ जना प्रशिक्षक, अन्तराष्ट्रि १२ र राष्ट्रिय ३८ गरि जम्मा ५० जना रेफ्री (एम्पाएर) को सहभागिता रहने कार्यक्रम संयोजक राजन पाइजाले जानकारी दिनुभएको छ।कार्यक्रममा जापानी प्रशिक्षकको समेत सहभागिता रहने छ। प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेलाकै अवसरमा बडिगाड डोजोको आयोजना र वडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम हुन लागेको हो।
कार्यक्रममा ३४ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ। प्रतियोगीताको लागि वडिगाड गाउँपालिकाले २० लाख विनियोजन गरेको छ। सो प्रतियोगीतामा प्रथम पुरस्कार ७५ हजार ट्रफि, मेडल र प्रमाणपत्र, द्धितियको लागि ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुनेको लागि २५ हजार ट्रफि, मेडल र प्रमाणपत्र को व्यावस्था गरिएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend