logo
  • शनिबार, साउन ९ २०८३

अन्तराष्ट्रिय सौन्दर्य पर्तीस्पर्धामा नेपालको प्रतिनिधित्व


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

काठमाण्डौ ।
रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा राजधानीमा भएको मिसेस नेपाल इन्टरनेशनल २०१८ र २०१७ तथा ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको आयोजनमा भएको मिसेस नेपाल ग्ल्याम २०१८ का विजेताहरुले सिंगापुरमा हुने बिबाहित महिलाहरु बिचको अन्तराष्ट्रिय सौन्दर्य पर्तीस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

प्रतियोगिताका पेजेन्ट निर्देशक निशुकान्त झाका अनुसार यी प्रतियोगिताका विजयीहरुले आगामी अक्टोबर २८ देखि नोभेम्बर २ सम्म हुने मिसेस इन्टरनेशनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्नेछन्। जसका लागि विजयीहरु शनिबार सिंगापुर तर्फ लाग्ने छन् ।

अमेरिका, युरोप लगायत विश्वका २५ राष्ट्रका बिबाहित सुन्दरीहरुले स्पर्धा गर्ने प्रतियोगितामा मिसेस नेपाल इन्टरनेशनल २०१८ चन्दा थापा गिरी, मिसेस नेपाल २०१७ सुरुची पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ अलाईजा महर्जनले नेपालको प्रतिनिधित्व गनेर्
छन्।

झाका अनुसार प्रतियोगिताका विभिन्न चरण सिंगापुर, मलेशिया र इन्डोनेसियामा हुनेछ। सिंगापुर विमानास्थलमा उत्रेदेखि नै प्रतियोगिहरुको मूल्यांकन प्रक्रिया शुरु हुनेछ । प्रतियोगिताका विभिन्न चरणका कार्यक्रम सिंगापुर, मलेशिया र इन्डोनेसिया हुँदै निर्णायक स्पर्धा सिंगापुर पुगेर हुनेछ।

नेपालको प्रतिनिधित्व गर्ने मिसेस सुन्दरीहरुले प्रतियोगितामा आफुलाई अब्बल सावित गर्न कोरियोग्राफर अश्विनी झा, अभिनेता विरेन्द्र हमाल लगायत सँग विभिन्न विधाको प्रशिक्षण लिई आफुलाई तयार गरिरहेका छन् भने मञ्जुश्री, कन्टेम्पोरी नृत्य, अभिनय लगायत नेपाल चिनाउने विशेष प्रस्तुति पनि पस्कने कार्यक्रम छ।

मिसेस सुन्दरीहरुले आइआईएफटी, क्षितीजा कलेक्सन र भूमि बुटिकले तयार पारेका राष्ट्रिय पोशाक देखि विभिन्न आकर्षक पहिरनमा आफुलाई प्रतियोगितामा उतार्ने छन्। मिसेस इन्टरनेशल सिंगापुरको टीकेएस एण्ड सन्सले आयोजना गर्दै आएको छ।

प्रतियोगितामा सहभागी हुन इभेन्ट आयोजक निशुकान्त झाको नेतृत्वमा विजयी मिसेस नेपाल इन्टरनेशल सुन्दरीहरुका साथ प्रशिक्षक कोरियोग्राफर अश्विनी झा, इभेन्ट मेनजेर बालकृष्ण पोखरेल लगायतको टोली सिंगापुर पुग्नेछ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend