साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी कार्तिक ११।
महेन्द्र आदर्श माबि वामीमा निकट समयमै सञ्चालन आयोजना गरीने हीरक महोत्सबको मुल समारोह समिति गठन गरीएको छ । बिद्यालयका पुर्व अध्यक्ष समेत रहेका मुसिकोट नगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रकाश काफ्लेको संयोजकत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरीएको हो ।
जसको उपसंयोजक पछि तोक्ने तथा मुलसमिति थप गरी ५१ सदस्यीय बनाइने बिद्यालयका प्रअ बुद्धि प्रसाद शर्माले जानकारी दिए । बिद्यालयका अध्यक्ष भुवन केसीको अध्यक्षतामा बसेको बिद्यालयका अभिभाबक, ब्यबस्थापन समिति तथा अन्य बिद्यालयका सरोकारवालाहरु बिचमा भएको बिशेष भेलाले सो समिति हरु गठन गरेको छ ।
त्यसैगरी कृष्णहरी सापकोटाको अध्यक्षतामा ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरीएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ तथा साविकको वामीमा क्रियाशील राजनीतिक दलहरुको समेत संलग्नतामा समिति गठन गरीएको हो ।
महोत्सबको सञ्चालन हुने मिति भने केही दिन पछि बस्ने मुल समारोह समितिको बैठकले तोक्ने बताइएको छ । मुल समारोह समितिका अध्यक्ष काफ्लेले आफु लगायत आफुृ सहितको टिमले निकै खटेर काम गर्नै बताए ।
बिद्यालयको महोत्सब सुसम्पन्न गर्दै बिद्यालयमा प्राविधिक शिक्षा सञ्चालनार्थ आर्थिक संकलनको लागि पुर्व ब्यबस्थापन समिति, पुर्व बिद्यार्थी तथा समग्र मुसिकोट नगरपालिका परिचालित भइ अगाडी बढ्ने बताए ।
आवाज ।।
बिद्यालयले आफ्नो हीरक महोत्सबको अवसरमा आर्थिक संकलन गरी बिद्यालयमा इन्जिनियरीङ्ग सहितको प्राविधिक शिक्षा सञ्चालन गर्ने बताइएको छ । महोत्सबको अवसरमा ५ करोड अर्थ संकलन गर्ने लक्ष्य राखेको छ । हालसम्म एक करोड रकम संकलन भइसकेको छ ।
मुसिकोट नगरपालिकाको तर्फबाट ५० लाख तथा बिद्यालयका अध्यक्ष समेत रहेका समाजसेवी भुवन केसीले ५० लाख रुपैया दिने घोषणा गरे सँगै एक करोडको आर्थिक बोल भएको हो ।
अध्यक्ष केसीले १० लाखको चेक बिद्यालयलाइ हस्तान्तरण समेत यस अघि नै गरीसकेका छन् । आफ्नो स्थापनाको ६० बर्ष पुगेको अवसरमा हीरक महोत्सब आयोजना गर्ने गरीन्छ । महेन्द्र आदर्श माबि २०१६ सालमा स्थापना भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend