logo
  • सोमबार, असोज १२ २०८३

वरिष्ठ गाएक नारायण रायमाझि ताम्रपत्र सहित सम्मानित


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, गुल्मी कार्तिक ११।
वामी विश्व सम्पर्क मञ्च, गुल्मीले वरिष्ठ गायक, संगितकार तथा निर्देशक नारायण रायमाझिलाई ताम्रपत्रले सम्मान गरेको छ। नौमति वाजा महोत्सव २०७५ को अवसर पारेर रायमाझिले नेपाली साँगितिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सो ताम्रपत्र प्रदान गरिएको हो। पाल्पाको झडेवामा जन्मी नेपाली लोक संगितमा पुर्याएको योगदानको कदर गरिएको हो।
नेपालीहरुले भोगेका दुःख र वेदनाहरुलाई जस्ताको तस्तै टपक्क टिपेको र लोपउन्मुख कलासंस्कृतिलाई जोगाएकोले कलाकार रायमाझिलाई सम्मान गरेको नौमति वाजा महोत्सवका संयोजक वैकुण्ठ रायमाझिले वताउनु भएको छ। कलाकार रायमाझिले वामी टक्सारमा भएको नौमति वाजा महोत्सवमा सहभागि भए वापत पाउनुपर्ने कुनै पनि पारिश्रमिक नलिने र महोत्सवलाई थप सहयोग गर्ने वताउनु भएको छ।
कार्यक्रम संयोजक वैकुण्ठ रायमाझिका अनुसार गायक रायमाझिले कुनै पारिश्रमिक नलिने तथा कार्यक्रमको भिडियो प्रकाशन गरेवापत आउने रकम समेत महोत्सवकै लागि खर्च गर्ने हुनुभएको छ। यसैविच वामी विश्व सम्पर्क मञ्चले वामीमा भएको नौमति वाजा महोत्सव २०७५ को कुनै पनि भिडियो आयोजकको अनुमति विना सार्वजनिक नगर्न अनुरोध समेत गरेको छ।

युटुव लगाएतका सामाजिक संजालवाट प्राप्त हुने आम्दानीलाई संस्कृति सम्बर्दनमा लगाउने योजना रहेको कार्यक्रम संयोजक रायमाझिले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend