साझा नेटवर्क
कमल पौडेल, गुल्मी कार्तिक ११ ।
सुर्योदय युवा क्लव मुसिकोट नगरपालिका ८, वामी मैदानको २४ औं वार्षिकोत्सवको अवसरमा आयोजित विविध प्रतियोगीतात्मक एवं साँगितिक कार्यक्रम सम्पन्न छ।
जसअन्तरगत खुल्ला वडा स्तरीय भलिवल प्रतियोगीतामा आयोजक सुर्योदय युवा क्लव प्रथम, रेस्क्यू युथ क्लव मुनपा २, मुसिकोट द्धितिय भएका छन्। त्यस्तै रेकर्ड नृत्य तर्फ आश्रय कार्कि प्रथम, सुदिक्षा कँडेल द्धितिय तथा भास्कर सुनाम तृतिय भएका छन्। कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा, नेपाली काग्रेस जिल्ला समिति गुल्मीका सचिव विष्णु सापकोटा, वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्ले, वडा नं. ८ का अध्यक्ष नारायण सापकोटा, महेन्द्र आदर्श मावि वामीका प्रधानाध्यापक वुद्धि प्रसाद सापकोटा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
साँगितिक कार्यक्रममा गायक तथा संगितकार बसन्त थापा, गायक तथा संगितकार श्रीकृष्ण बम मल्ल, संगितकार विजु वज्र, मोडल तथा गायक दुर्गेस थापा, गायक मोहन खड्का, मोडल विमल अधिकारी, मोडल ओवि रायमाझि, मोडल सारिका केसि, संगितकार प्रशान्त पौडेल, गायीका ललिता पौडेल, नृत्यंगना सगुन थापा, गायक गोपाल सुनार, भिम नेपाली, नरेन्द्र परियार, विजय परियार लगाएतले आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रम संयोजक सन्दिप खत्रिको अध्यक्षता, क्लवका सचिव उज्ज्वल खत्रिको स्वागत मन्तव्य तथा उद्घोषक कमल पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। वार्षिकोत्सव कार्यक्रम कार्तिक ७ गते देखि १० गते सम्म चलेको हो। कार्यक्रममा सहयोग गर्ने आर्थिक सहयोगी, कलाकार, उद्घोषक, लगाएतलाई मायाको चिनो र सम्मान पत्र सहित सम्मान गरिएको थियो।
क्लवले विगत २४ वर्ष देखि सामाजिक कार्य समेत गर्दै आएको छ। क्लवले आगामी वर्ष देखि वामी कोत महोत्सव गर्ने र त्यसको लागि आगामी वैसाखमै समिति गठन गरि काम गर्ने वडा अध्यक्ष समेत रहेका क्लवका अध्यक्ष नारायण सापकोटाले जानकारी दिनुभएको छ। यसै विच वामी कोत प्रदेश स्तरीय पर्यटन डिपिआरमा परेको र तत्कालै काम सुरु हुने अध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend