साझा नेटवर्क
साझा नेटवर्क, बुटवल।
“सालको पात”ले बजार पिटिरहेको अबस्थामा कुलेंद्र बिस्वकर्माकै स्वरमा अर्को मार्मिक लोक दोहोरि गीत “जिन्दगी” सार्वजनिक भएको छ । फिल्मी शैलीमा निर्माण गरिएको गीत स्वाभिमान क्रियाशंले बजारमा ल्याएको हो ।
बिष्णु भट्टराईले निर्देशन छायांकन र सम्पादन गरेको भिडियो गुल्मी र बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको छ । सगुन शर्माले श्रीन्गार गरेको भिडियोमा आशा खड्का,राजु महोतर, मीरा महोतर, बिष्णु भट्टराई र बाल कलाकारमा आशिष र शिव को समेत अभिनय देख्न सकिन्छ ।
लय सब्द शिव हमालको रहेको गीतमा कुलेंद्र बिस्वकर्मा र पूर्णकला बिसिको आवाज रहेको छ । भिडियो हेर्दा जिरिङ्ग हुनेखालको फिल्मी शैलीमा निर्माण गरिएको छ ।
केहि समय पहिले सार्बजनिक गरिएको गीतमा केहि प्राबिधिक समस्या आएपछि पूर्ण सार्बजनिक गरिएको हो । गीतको भिडियोको अविरल फिल्म्सले दृश्य निर्माण गरेको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend