साझा नेटवर्क
कमल पौडेल, बागलुङ कार्तिक ९ ।
एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज हरि प्रसाद पौडेलले शिक्षकका पेशागत संगठन शिक्षकको क्षमता तथा दक्षता वृद्धिमा लाग्नुपर्ने वताउनु भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन र एकिकृत अखिल नेपाल शिक्षक संगठनको संयुक्त आयोजनामा बडिगाड ५ खार वजारमा भएको कार्यक्रममा सम्बोधन गर्दै पौडेलले सो कुरा वताउनु भएको हो।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले शिक्षक समाजको सचेत नागरिक भएकोले ठिक र वेठिक छुट्याउन सक्नु पर्ने वताउनु भएको छ। भुसालले शिक्षण पेशा आफैमा विशिष्ट भएकोले शिक्षण संगै सामाजिक योगदानको नेतृत्वकर्ता पनि शिक्षक भएको दावी गर्नुभएको छ।
त्यस्तै बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले वडिगाड गाउँपालिकाले आगामी शैक्षिक सत्रमा कम्तिमा १५ विद्यालय मर्ज गर्न लागेको जानकारी दिनुभएको थियो। कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष नगेन्द्र खरेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव कृष्ण भट्टराई, एकिकृत अखिल नोल शिक्षक संगठनका जिल्ला सचिव जित वहादुर थापा, त्रिभुवन माविका प्रधानाध्यापक ढालमणि भण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठनका बडिगाड अध्यक्ष वेद प्रसाद पोखरेलको अध्यक्षता, सचिव यज्ञ घिमिरेको स्वागत मन्तव्य तथा एकिकृत अखिल नेपाल शिक्षक संगठनका वडिगाड उपाध्यक्ष दिपक कुँवरको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend