साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी कात्तिक ७ ।
गुल्मीको इश्मा गाउँपालिका २ छल्दीमा जीप दुर्घटना हुँदा गम्भिर घाईते दुई जनालाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ ।
दुर्घटनामा गम्भिर घाईते इश्मा गाउँपालिका २ हस्तिचौरका २९ बर्षिय चालक प्रेम कुवंर र २६ बर्षिया करिश्मा कुवरलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेसिडकल कलेज पाल्पा रेफर गरिएको हो ।
दुर्घटनामा इश्मा गाउँपालिका २ हस्तिचौरका १५ बर्षिय बिमल केशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । लु १ ज ७३७० जीप तम्घासबाट पालुखा जाँदै गरेको थियो ।
दुर्घटनामा १३ बर्षिय रोशन केशी, ६५ बर्षिय बेल कुमारी कुवंर, १४ बर्षिय रविन कुवर, ५२ बर्षिय कमला केशी, ३३ बर्षिय कल्पाना राना, ११ बर्षिय बिशाल थापा, १४ बर्षियाा पवित्रा केशी, १२ बर्षिय अर्जुन केशी, १९ बर्षिया अनुष्का पन्थी, १२ बर्षिया कविता मुसिखा, ८ बर्षिया सुश्मा मुखिया रहेका छन् ।
त्यसैगरी ५९ बर्षिया भुमकला पन्थी र ६ बर्षिया शिशिर कुवंर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक रोशन खड्काले बताए । उनीहरु सवैको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।
गाडीमा ओभरलोड तथा कच्ची उकालो सडक भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend