logo
  • शुक्रबार, असोज ९ २०८३

दाङ देउखुरी सेवा समाजद्वारा पीडितलाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, कतार ।
दाङ्ग देउखुरी सेवा समाज दोहा कताले गत सोमबारका दिन दाङ जिल्लाको देउखुरी स्थित पाखापानीकि पीडित महिला सोनु चन्द ठकुरीलाई २५ हजार १ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।समाजका प्रथम उपाध्यक्ष हेम बहादुर बस्नेत वार्षिक बिदामा घरमा भएको र उक्त सहयोग रकम पीडित सोनुलाई हस्तान्तरण गर्नु भएको छ । समाजका प्रमुख सल्लाहकार सुर्य सुबेदीको आग्रह पहलमा संस्थाले रकम उठाएको थियो ।

सहयोग रकम प्राप्त गर्ने क्रममा पीडित सोनुले सहयोगदाता तथा समाजलाई धन्यवाद दिदै आफुलाई प्राप्त भएको रकमको पूरा सदुपयोग गर्ने प्रतिबद्धता जनाइन । उनका पति नवीन चन्द ठकुरीको २०७३ सालमा रोजगारीका क्रममा मलेसियामा आकस्मिक मृत्यु भएको थियो।

नवीनको निधन पश्चात नाबालक बच्चाहरुको जिम्मेवारी उनिमाथी आएको बताइन । समाजको सहयोग रकम हातमा लिएर खुशी भएकी थिइन । श्रीमानको निधनपछी मलेसियाबाट अहिलेसम्म केहि नपाएको तर नेपाल सरकारबाट झन्डै ९ लाखको दाङको देउखुरी स्थित पखापानीमा घर किनेको जानकारी गराएकी थिइन् ।

साना साना तिनवटा नाबालक छोरा-छोरीहरुलाई लालनपालन र पढाई लेखाई गराउन आफू एक्लैलाई अतिनै मुस्किल परीरहेको अवस्थामा यो सहयोग आफ्नो लागि एउटा बिर्सनै नसकिने पल भएको भन्दै उनले खुशी साटिन ।

आफ्नो बस्ने त्यही एउटा सानो घर बाहेक जग्गा जमिनको एक टुत्रा नभएको र आफुले दैनिकी सामन्य ज्यालादारी मजदुरी गरेर दिन गुजारा गर्नुको विकल्प नभएको बताईन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend