साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
नेपालीहरुको महान पर्व बिजया दशमी अर्थात बडा दशैको उपलक्ष्यमा दाङ्ग देउखुरी सेवा समाज दोहा कतारद्वारा आन्तरिक रूपमा आयोजना गरेको दशै मिलन कार्यक्रम शुक्रबारका दिन हर्षोउल्लासका साथ मनाएका छन् ।
विभिन्न समाजिक काम गर्दै आएको समाजले प्रवासमा भएपनी महान पर्वहरु तिज, दशै, तिहार लगायतका पर्वहरुमा एक्कै स्थानमा भेला भएर मनाउदै आएको र गएको बर्षहरुमा जस्तै यसपटक पनि दोहाको पर्यटकीय शहर कर्नेसबाट समुन्द्रमा डुङ्गामा चढेर सवार गर्दै दशै मनाएका छन ।
कार्यक्रममा संस्था अन्तरगत संचालित सस्कृतिक बिभाग, महिला बिभाग तथा कार्यसमिति सदस्य सल्लाहकारहरु र रोजगारको सिलसिलामा कतारमा क्रमथलो बनाएर बसेका दाङ्ग जिल्ला बासीहरुको बाक्लो उपस्तिथि रहेको थियो ।
संस्थाका अध्यक्ष बसन्त राज पुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सस्कृतिक बिभागका संयोजक केशव बुढाको स्वागत मन्तव्य राखेका थिए भने संस्था जेष्ठ दङगाली अथवा संस्थाकै महासचिव लिलाधर आचार्यको हात बाट सबैले सामुहिकरूपमा पालैपालो रातो टीका र जमारा ग्रहण गरेका थिए ।
कार्यक्रमका सहजीकरण संस्थाका कोषाध्यक्ष मिनराज पुनले गरेका थिए । संस्थाका अध्यक्ष बसन्त राज पुरीले शुभ दिपावलि अवसरमा अथवा तिहारमा पनि देउसी भैलो खेलेर रमाइलो गरि मनाउने कार्यक्रम निर्णय गरिएको र जसको जिम्मेवारी महिला बिभागलाई दिएको जानकारी सझा नेटवर्कलाई दिएका छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend