logo
  • सोमबार, असोज १२ २०८३

गुल्मेली असल राष्ट्रसेवक खत्री जसले दलितकोमा टीका लगाए


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी कार्तिक ०६।
गुल्मीको रेसुङ्गा नगरपालिका १२ दुविचौरका केवि खत्री । नेपाल सरकारको संचार मन्त्रालयका शाखा अधिकृत हुन् । सवै राष्ट्रसेवक जस्तै उनी पनि यो दशैमा घरमा आए । उनले आफ्ना आफन्त र इष्टमित्र मात्रै भेटेनन् । छिमेकी एक दलित बृद्धलाई समेत खुसी पारे र आर्शिबाद लिए । जातिय छुवाछुतले आक्रान्त नेपाली समाजमा प्राय आफ्नै जातभित्र आफन्त, इष्टमित्र र मान्यजन खोज्ने छ । तर खत्रीले त्यो मान्यतालाई तोडेर नयाँ सन्देश समेत थपेका छन् । उनी दशैमा घरमा टीका लगाए ।

छिमेकी आफन्तकोमा पनि पुगे र छिमेकी ८६ बर्षिय भक्त बहादुर परियारको घरमा समेत गए । सहपरिवार टिका लगाए र आर्शिबाद लिए । ‘मैले पहिलेबाट टीका लगाउन खोजेको हो, संयोग मिलेको थिएन,’उनले भने,‘अहिले श्रीमति र छोरीसंगै टीका लगायौं ।’ संचार मन्त्रालयका अधिकृत खत्रीका भक्त बहादुरका असल अभिभावक हुन् ।

आफु सानो हुँदा त्यहि घरमा जाने, खाने, बस्ने र उनकै काखमा हुर्किएकाले दशैको टीका लगाएर आर्शिबाद माग्न कुनै समस्या नभएको उनले बताए । ‘मान्यजन भनेको जात बिशेषका हुँदैनन, चौरासी कटेका दलित बृद्धा भगवाननै हुन,’उनले भने,‘म पनि खुसी र उहाँ पनि ।’

खत्रीका अनुसार बृद्ध भक्त बहादुर अहिले शाहार बिहिन जस्तै छन् । उनको रेखदेख बिहे भएकी छोरीले गर्छिन । छोरा प्रदेश भएकाले खासै सम्पर्क हुँदैन् ।

बृद्धा भक्त बहादुरले पनि खत्री बाबु आएर टीका लगाउन पाउँदा आफुलाई आनन्द र छोरो आए जस्तै लागेको बताए । ‘मैले मेरै काखमा हुर्काए, पढे लेखेर माथी पनि पुगेछन, खुसी लाग्यो,’ भक्त बहादुरले भने,‘मेरो घरमा पनि आए, भगवान आए जस्तै लाग्यो ।’ समाजमा विभिन्न खाले मानसिकताबिच आफुले टीका लगाए पनि छिमेकी दाजुभाईहरुबाट पनि सकरात्मक नै प्रतिक्रया आएको खत्रीले बताए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका स्वकिय सचिव गणेश श्रीपालीले गैरदलित राष्ट्रसेवक खत्रीको यो सोच समाजको पछिल्लो सकरात्मक चित्रण भएको बताए । उनले खत्री जस्तै अरु राष्ट्रसेवकले पनि यस्तै कार्य गरे जातिय छुवाछुतको अन्त्य सजिलै गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend