साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
रोजगारीका सिलसिलामा कतारमा कार्यरत प्युठानीबासीहरुले भब्यताका साथ दशैँ मनाएका छन ।
हिन्दू धर्मावलम्बीहरुको महान चाड विजया अवसरमा अनौपचारिक रूपमा कार्यक्रमको आयोजना गरि प्युठान बसी र गैर प्युठानबासीहरुले सामुहिक रूपमा टीका लगाउदै एक आपसमा शुभकामना आदानप्रदान गरि टीका लगाई हर्षोल्लाका साथ दशै मनाएका छन ।
समाजका उपाध्यक्ष केशव के:सी, चेतमान जैसी समाजका महासचिव धर्म सिंह बिस्वकर्म सदस्य बिसाल जिसीको विशेष पहलमा कार्यक्रमको आयोजना गरि समाजका बरिस्ठ सल्लाहकार कमल आचार्यले उपस्थिति प्युठानी गैर प्युठान बासीलाई टीका जमरा लगाएर आशीर्वाद दिएका थिए ।
शुभकामनाको क्रममा आचार्यले भने चाड पर्वको समयमा घर परिवार आफन्तहरु देखि टाढा रहेता पनि प्रवासमा यसरी साथीभाईहरू संग मनाउन पाउँदा आफु उत्साहित भएको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend