logo
  • सोमबार, असोज १२ २०८३

रक्सीको मातमा गुल्मीको बडागाउँमा श्रीमतिको हत्या


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी कार्तिक ४ ।
गुल्मीको मुसिकोट नगरपालिका ४ बडागाउँ दोभानका एक व्यक्तिले चिर्पट प्रहार गरि श्रीमतिको हत्या गरेका छन् ।

अत्यधिक मदिरा सेवन गरेका ३४ बर्षिय पंकज कुमालले श्रमति ३४ बर्षिया लाली कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले जानकारी दिए । पंकजले शनिबार राति करिव साढे आठ बजे श्रीमतिलाई चिर्पट प्रहार गरि गम्भिर घाइते बनाएका थिए ।

टाउको र शरिरका विभिन्न भागमा चोट लागेपछि उपचारको लागि तम्घास ल्याउँदै गर्दा लालीको बाटोमै मृत्यु भएको प्रहरी उपरिक्षक बस्नेतले बताए । आरोपित कुमालले पहिले पनि घरमा श्रीमति र बृद्धा आमालाई कुटपीट गर्ने र अरु अपराधिक क्रियाकलाप गरेर दुख दिने गरेको स्थानीय तथा वडा नं ४ का वडा सदस्य टीका गुरुङ्गले बताए । हत्या गर्ने पंकजलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend