logo
  • शनिबार, साउन ३० २०८३

मोना कतारले दशैको उपलक्ष्यमा भलिबल प्रतियोगिता सम्पन्न गर्यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेट्वोर्क, कतार ।
म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति कतारले बिजया दशमीको अवसरमा शुभकामना आदानप्रदान तथा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।

मोना कतारका अध्यक्ष रमेश पौडेलको सभापतित्वमा मोनाका केन्द्रिय उपाध्यक्ष पेम रसाईलीको प्रमुख अतिथित्वमा प्रमुख सल्लहाकार हिमाल सुबेदी, बिशेष सल्लाहकार नरेन्द्र फगामीको उपस्थितित्व  रहेको थियो ।

 उक्त खेल बिहिबार रातिबाट शुभारम्भ गरिएको थियो । खेलहरु निकै प्रतिस्प्रधात्मक देखिन्थियो दोहामा निकै लामो समय देखि आपनो दबदबा कायम गर्दै आएको म्याग्दली टिमले आपनो दबदबालाई निरन्तता दिदै आएको छ ।

बिभिन्न चरणहरु पार गर्दै पहिलो सेमी फाईनलमा पूर्वअञ्चललाइ हराउदै कास्की आदर्श सेवा समाज कतार सेमिफाइनलमा १ का बिरुद्द २ सेट जित निकाल्दै फाइनल यात्रा तय गर्यो भने मोना सीको सामना गरेको मोना कतारले पनी १ का बिरुद्द २ सेट जित कास्की आदर्श सेवा समाज कतार फाइनल यात्रा निश्चित गरेको थियो ।

टिटी सिस्टममा खेलाइएको सम्पूर्ण खेलहरुको फाइनल पनि बेस्ट अफ फाइव को आधारमा रहेर खेलाइएको हो । फाइनल खेलमा मोना कतार र कास्की आदर्श सेवा समाज कतार बिचको खेलमा ३सेट मोना कतारले जित हात परेको थियो भने १ सेट कास्की आदर्श सेवा समाज कतार ९३५(३३० लिंदै उपाधि रक्षा गर्न सफल भएको हो प्रतियोगिता उत्कृष्ट खेलाडी मोना कतारका गाकुल बिक ९बिरु ० ले प्राप्त गरेका थिय।

सेमी फाइनल देखि नै निकै प्रतिस्पर्धात्मक रहेका हरेक खेलमा मोना कतारको टिमको प्रदर्शन निकै उत्कृष्ट रहेको थियो। रामचन्द्र खड्काको कप्तानीमा मैदानमा उत्रेको टिमको ब्यबस्थान तथा कोचको जिम्मेवारी आकास रसाइलीले समालेका थिए । प्रेम शेरचन, रामचन्द्र खड्का, रोहित पुन, अबिसेक छेत्री, राम लामेछाने, दिशान्त पुन खेलाडीहरु रहेका थिए ।

क्रमसः प्रथम र दिप्तिय पुरुस्कार करि १५०० र( १०००र( कप मेडल र प्रमाण पत्र रहेको थियो । कार्यक्रमको पुरुस्कार बितरण समारोहमा बोल्दै खेलकुद विभागका संयोजक तथा टिमका म्यानेजर समेत रहनु भएका आकास रसाइलीले यस कार्यक्रम सफल पार्न प्रतियोगितामा प्रायोजन गर्ने सम्पूर्ण सस्था तथा व्यक्तित्व लगायत उपस्थित खेलाडी, शुभ चिन्तक अतिथि र दर्शकहरु सबैलाई बिशेष आभार प्रकट गर्दै यो जित संगै म्याग्दीले फेरी नयाँ इतिहास कोरेको र जितबाट निकै प्रफुल्लित रहेको बताए ।

रसाइलीले आगामी दिनमा पनी अझै सफलताको सुभकामना सहित खेलाडीलाई धन्यबाद दिएका थिय । मन्तब्यको क्रममा प्रमुख सल्लाकार नरेन्द्र फगामीले अत्यन्त संयमित र अनुसासित तबरले खेल प्रदर्सन गरेकोमा सहभागी सबै खेलाडीलाई धन्यबाद तथा बिजय दशमीको सुभकामना दिनु भएको थियो । कार्यक्रमको संचालन सँस्थाका सल्लाहकार हिमाल सुबेदीले गर्नु भएको थियो ।

कार्यक्रमको समापन गर्दै मोना कतारका अध्यक्ष रमेश पौडेल यस्ता किसिमका हरेक खेलले लुकेको प्रतिभालाई बाहिर ल्याउन मद्दत गर्ने र सबै संघ सस्था र खेलाडीहरु संग पनि भाइचारा बढ्ने हुदा यस्ता किसिमका खेलहरुको आवस्यकता रहेको भन्दै निकै सफलता पुर्बक अनुशासित भएर खेल सम्पन्न गरेकोमा सम्पूर्ण रेफ्री,स्वयंसेबक लगायत आयोजक मोना कतार खेलकुद बिभाग र उपस्थित दर्शकहरुलाई हार्दिक आभार तथा बिजया दशमीको सुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend