साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं ।
नेपाल प्रकृतिक सुन्दरताकारण विश्वभर परिचित छ । पछिल्लो समय विकसीत मुलुकहरुले मानवनिर्मित संरचना मार्फत पर्यटकहरुलाई आकर्षित गरिएको देखिन्छ ।
बिश्वमा विभिन्न मुलुकहरुले आकासमा हिडेको अनुभुति हुने संरचना निर्माण गरी पर्यटकलाई आकर्षण गर्ने क्रम बढेको छ । नेपालमा पनि काठमाडौंको कमलादीमा स्काइवाक टावर निर्माण हुने भएको छ । तपाइलाई लाग्न सक्छ यो कुनै विकसीत मुलुकले निर्माण गरेको टावर हो । तपाई यस्तो सोच्दै हुनुहुन्छ भने गलत हुनुुहुन्छ । यो नेपालमै बन्न लागेको स्काइवाक टावर हो ।तपाई अबको ठिक तीन वर्षपछि यो टावरमा चढेर आकासमा हिडेको अनुभुति गर्न पाउनुहुन्छ ।
चिन, अमेरिका र अष्ट्रेलिया लगायतका विकसीत मुलुकहरुले सिसा अर्थात काँच माथि हिडाएर मानिसहरुलाई आकाशमा हिडेको एउटा फरक स्वादको अनुभव चखाइसकेका छन् । यस्ता संरचनाले ति देशमा विश्वभरका पर्यटकको ध्यान खिचेको छ । त्यस्तै खालको एउटा टावर दक्षिण एसियामै पहिलो पटक नेपालमा बन्न लागेको छ । त्यो पनि उपत्यकाको मुटु कमलादीमा रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend