logo
  • सोमबार, असोज १२ २०८३

पोखराको बिमानस्थल निर्माण कार्य दशैमा पनि रोकिएन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, बुटवल कार्तिक १।
पोखरामा निर्माणाधिन क्षत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको काम दशैको बेलामा पनि जारी रहेको छ । समयमै काम सक्काउने लक्ष्यका साथ अघि बढिरहेको काम देशभर बिदा भए पनि रोकिएको छैन।

चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेकामा सन् २०२१ जुलाई १० मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

निर्माण कार्यको गति योजना अनुसार अघि बढिरहेको र समयमा नै सम्पन्न गर्ने लक्ष्य रहेको ईआरएमसी-ए-नट-स्लेट जेभी मार्फत परामर्श दातृ समुहको नेतृत्व गरिरहेका इ.कमल कार्कीले जानकारी दिएका छन्।

निर्माणकार्यका क्रममा रन वेमा सब बेस बिच्छ्याउने, नहर निर्माण , माटो काट्ने काम लगायत समाग्रीहरुको प्रयोगशाला परिक्षणहरु गरिने कार्कीले जानकारी दिए। रनवेमा सब बेस बिच्छ्याउने क्रममा पेभर प्रयोग गरिएको छ। यसअघि ग्रेडर प्रयोग गरिने गरिएको पनि कार्कीले बताएका छन्।

चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीचको सम्झौताअनुसार इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ ।

पोखरा अन्तराष्ट्रीय बिमानस्थलको निर्माण कार्यमा परामर्शदाताको भुमिका पुर्ण रुपमा नेपाली कम्पनीहरु नै प्रयोग भएको यो पहिलो पटक हो । नेपाली परामर्शदाता कम्पनीले पनि अन्तराष्ट्रीय स्तरको काम गर्न सक्षम रहेको सन्देश दिन पनि कामको गुणस्तर र तिव्रतामा बढी ध्यान दिईएको पोखरामा रहेका ईन्जिनियर कार्कीले बताएका छन्।

बिजयादशमीको एकदिन काम बन्द हुनेछ र चिनियाँ एवं नेपालीहरु मिलेर दशैं मानउने र चिनयाँहरुलाई दशैं र हाम्रो संस्कृतिका बारे जानकारि दिने योजना पनि कार्कीले सुनाउन भ्याए।

चार दशकअघि पोखरा लेखनाथ महानगरपालिकाको १४, १५ र १८ वडा को तीन हजार १०६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएकामा त्यसले नपुगेपछि थप ५२१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend