logo
  • शुक्रबार, असोज ९ २०८३

दोश्रो नौमति वाजा महोत्सवको तयारी अन्तिम चरणमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, गुल्मी असोज ३१ ।
वामी विश्व सम्पर्क मञ्चको आयोजनामा मुसिकोट नगरपालिका वामी टक्सारमा हुने दोश्रो नौमति वाजा महोत्सव २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । यहि कार्तिक ५ र ६ गते हुने वाजा महोत्सवमा पूर्व उपप्रधानमन्त्रि टोप वहादुर रायमाझिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै कार्यक्रममा वरिष्ठ गायक तथा संगितकार नारायण रायमाझि, जनगायक जिवन शर्मा, संगितकार, विजु वज्र, गायक नविन पौडेल, गायक लक्ष्मण खड्का, सन्तु थापा, शान्ता परियार, हाँस्यकलाकार सुरज भिरखैरे लगाएत कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ।

सो महोत्सवमा गुल्मी तथा बागलुङ जिल्लाका विभिन्न स्थानका झण्डै १० समुहको सहभागिता रहने कार्यक्रम संयोजक वैकुण्ठ रायमाझिले जानकारी दिनुभएको छ। कार्यक्रममा नौमति वाजामा प्रथम, द्धितिय, तृतिय हुने, वाजातालको नृत्यमा उत्कृष्ट हुने पुरुष तथा महिलालाई पुरस्कृत गरिने तथा उत्कृष्ट सनाइ वादकलाई स्टुडियोमा सनाइ वजाउने अवसर दिइने प्रचार संयोजक रामकृष्ण कंडेलले जानकारी दिनुभएको छ।

त्यस्तै महोत्सवको टेलिभिजन तथा युटुव च्यानलमा प्रशारण गरिने र सो मार्फत हुने आम्दानीलाई सामाजिक कार्यमा खर्चिने योजना रहेको कार्यक्रम संयोजक रायमाझिले जानकारी दिनुभएको छ।

महोत्सववाट नौमति वाजाको उत्थान, प्रवद्र्धनमा सहयोग पुग्ने र स्थानिय कला संस्कृतिको प्रचार प्रसारमा सहयोग पुग्ने आयोजकले जनाएको छ। वामी विश्व सम्पर्क मञ्चले २०७२ को मंसिरमा पनि नौमति महोत्सवको आयोजना गरेको थियो। मञ्चले वामीमा संस्कृति प्रवद्र्धन संगै विविध कार्यक्रम संचालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend