logo
  • शनिबार, भाद्र २० २०८३

अस्ट्रेलियामा विदेशीहरु समेत दशै तिहार कार्यक्रममा रमाए


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

प्रभा श्रेष्ठ, अस्ट्रेलिया ।
गत १४ अक्टोबर, मेल्टन, मेलबर्न: भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम भाषण कम र बिभिन्न देशका समूहले आ-आफ्नो संस्कृति झल्काउने गरी नाचगान, देउसीभैलो, कृष्ण कन्सियसनेस अन्तर्राष्ट्रिय संस्था ISKCON द्धारा भजन कीर्तन जस्ता बिभिन्न कार्यक्रम सहित भब्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा मेल्टन काउन्सिलका मेयर बब टर्नर, उपमेयर केन हार्डी, लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक इ. रामकुमार श्रेष्ठ, नेपाली पत्रकारिता जगतका भिस्मपितामहका रुपमा चिनिने वरिष्ठ पत्रकार गोपाल थपलिया, साहित्यकार सुशिल चालिसे, दिदीबहिनी समाज भिक्टोरियाकी प्रतिनिधि बर्षा केसी राजभन्डारी, समाजसेवी राज अधिकारी लगायत बिभिन्न देशी बिदेशी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
संस्थाका अध्यक्ष्य कुबिर खनलद्धारा स्वागत मन्तब्य ब्यक्त र उपाध्यक्ष्य केदार दुलालद्धारा धन्यवाद ज्ञापन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा मेयर बब टर्नरले यस किसिमका बहुसांस्कृतिक कार्यक्रमहरुको पछाडि आफूहरु संधै रहने र सक्दो सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली, भुटानी, म्यासाडोनियन, साउथ सुडान, सामोअन कम्युनिटीहरुले आ-आफ्नो संस्कृति झल्काउने नाचहरु प्रदर्शन गरेका थिए । कृष्ण कन्सियसनेस अन्तराष्ट्रिय संस्था ISKCON द्धारा दुई प्रस्तुतिमध्ये स-साना नानीहरुको प्रस्तुतिले सबैको ध्यान तानेको थियो । अन्तमा सामुहिक नाचको कार्यक्रमपछि देउसीभैलोको कार्यक्रम थियो जस्मा मेयर, उपमेयर लगायत सबै देशका प्रतिनिधिहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend