logo
  • शनिबार, साउन ३० २०८३

अस्ट्रेलियन मसल मोडल प्रतियोगितामा दुई नेपालीलाई छ: पदक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सानु घिमिरे, मेलबर्न ।
१३ र १४ अक्टोबरमा मेलबर्नको मेलबर्न कन्भेन्सन सेन्टरमा टोनी एण्ड प्याट्रिसिया लानसियानोको प्रस्तुतिको रुपमा आयोजित अस्ट्रेलियन मसल एण्ड मोडेल प्रतियोगितामा  दुई नेपालीले छ  पदक हात पार्न सफल भएका छन ।मेलबर्न निवासी परिक्षित श्रेष्ठले स्ट्रिट मोडेल र फिटनेस नोभिस दुबैमा दोश्रो र फिटनेस ओपन हाइट क्लास १ मा तेश्रो गरी तीन पदक हासिल गरे भने सिड्नी निवासी प्रिन्सा श्रेष्ठले स्पोर्टस मोडल ओपेन क्लासमा तेश्रो र स्पोर्टस मोडल नोभिस र फिटनेस मोडल नोभिस दुबैमा पाँचौं गरी तीन पदक हासिल हात पारिन ।

करीब दुई हप्ता अघि मात्रै बालाराट युरेका मसल मोडेल प्रतियोगितामा परिक्षित श्रेष्ठले दुई स्वर्ण पदक हात परेका थिए र यस्ले उन्लाई यो राष्ट्रियस्तरको च्याम्पियनशिपमा सहभागी हुन योग्य बनाएको थियो। अस्ट्रेलियाका बिभिन्न प्रतियोगिताका च्याम्पियन बनिसकेका सन्तोषकुमार श्रेष्ठले परिक्षित र प्रिन्सा श्रेष्ठ दुबैलाई यो राष्ट्रिय स्तरको प्रतियोगिताका लागि आबस्यक परामर्श दिएका थिए ।

यो सफलता प्राप्तीले नेपालीको लागि यो क्षेत्र नयाँँ नै भए तापनि नेपाली यो क्षेत्रमा पनि अगाडि बढन सक्ने प्रमाणित गरेको बताए । लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले परिक्षितलाई बधाई दिंदै छोटो समयमा यसरी प्राप्त गरेको उपलब्धीलाई उल्लेखनिय मान्नुपर्ने बताउँदै आगामी दिनमा अझै उल्लेखनिय सफलता हासिल गर्न सकोस भनी शुभेच्छा प्रकट गरे।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend