logo
  • सोमबार, असोज १२ २०८३

कालिगण्डकी करिडोर सन्चालनमा आएदेखी स्टिमर व्यवसाय सङ्कटमा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सज्जन ढकाल, गुल्मी असोज २८।
नेपालकै ठूलो कालिगण्डकी जलविद्युत A परियोजना सन्चालनमा ल्याउदा मिर्मी स्याङ्जा देखि पर्वतको सेतिबेणी सम्म कालिगण्डकी नदिमा मानव निर्मित ताल बन्यो । विद्युत उत्पादन गर्नको लागि निर्माण गरिएको उक्त तालमा पानीको बहाव नदि र प्रभाबित क्षेत्रमा सिमित रहदा स्याङ्जा पर्वत र गुल्मिका केही बुद्धिजीवीहरुको सोच योजनाबाट २०६० सालमा जोखिम मोलेर डुङ्गा चलाउने प्रयास गरीएको थियो ।किनकी सेतिबेणी देखि मिर्मीसम्म यात्रुहरु हिड्दा जङ्गल र अफ्ट्यारो भिरको बाटो ३ घन्टा लाग्ने गर्थ्यो । डुङ्गामा यात्रा गर्दा आधा घण्टामै सहज तरिकाबाट पुग्न सकिने भएकाले त्यो सोच पछि ब्यवसायमा परिणत भयो । स्याङ्जा मिर्मी देखि गुल्मी, पर्वत र स्याङ्जाको सङ्गम तथा पबित्र धार्मिक स्थल सेतीबेणि सम्म ६.५ किलो मिटर जलिय दुरिमा सन्चालित स्टिमर ब्यवसाय अहिले सङ्कटमा परेको छ । जहाँ यात्रु देखि विभिन्न ढुवानीका समानहरु ल्याउने लैजाने गरिन्थ्यो ।पछिल्लो समय कालिगण्डकी करिडोर निर्माण र यातायातका साधनहरु सन्चालनमा आयपछी मानिसहरुको चाप ढुवानीसेवा कम भयको पाइन्छ । झन्डै तीन घण्टासम्म हिड्नुपर्ने (सेतिबेणी देखि मिर्मी सम्मको) पैदल दुरि यो सेवा सन्चालनमा आयदेखि स्याङ्जा, पर्बत गुल्मी लगायत बाग्लुङ जिल्ला सम्मका यातायात सुबिधाबाट बन्चित आवत जावत गर्ने यात्रुहरुलाइ सहज आधा घण्टामा जलिय यात्रामा रमाउदै दुरिपार गर्ने यातायातको माध्यम बनेको थियो ।

पहिले यश ब्यवसायमा यात्रुहरुको अधिक चाप र धेरै मालसमान ढुवानी हुनाले मासिक ७०-८० हजार रुपियाँ बचत हुनुका साथै २०० जना ब्यक्तिहरुलाई रोजगारी सृजना भयको थियो । र प्रत्येक दिन २० मिनेटको अन्तरमा स्टिमर मिर्मी देखि सेतिबेणीसम्म छुटने गर्थ्यो । तर आजभोलि छिट फुट मात्रमा चल्ने गरेको र प्राय बन्द हुने भएकाले वर्तमान अवस्थामा २० जनालाई मात्र रोजगार दिन सकिएको स्टिमर सन्चालक समितिका अध्यक्ष डोल प्रसाद भट्टराईले जानकारी गराउनु भयो ।

पछिल्लो समयमा अध्ययन अवलोकन भ्रमणमा आउने आन्तरिक तथा बाहिय पर्यटक हरु मात्र सवार गर्ने भएकाले यश व्यवसाय मुनाफा भन्दा पनि पुर्णरुपमा सेवा मुलक भएसंगै सङ्कटमा परेको र जस्ले गर्दा यस व्यवसाय गर्ने र लगानी कर्ताहरु अन्य व्यवसाय तिर लागेको पनि बताउनु भयो ।

सुरुको समयमा डुङ्गा सन्चालनमा ल्याइएको र लामो दुरि र हावाहुरी चल्दा जोखिमपूर्ण र दुर्घटना हुन सक्ने भएकोले पछि २०६५ मा अत्याधुनिक पानी जहाजको झझल्को दिने इन्जिन सहितको लगभग १०० जना देखि १५० जना सवारी यात्रुहरु बस्न र माल-समान ढुवानी गर्न मिल्ने अत्याधुनिक प्रविधी युक्त जोखिम रहित स्टिमर निर्माण गरि सन्चालन गरिएको थियो ।

वर्तमान समयमा पनि अझै संचालनमा रहेको र यो सेवा सन्चालनमा आयको झन्डै डेढ दसक बितिसकेको छ । विशेष गरि गुल्मी, पर्बत बागलुङ स्याङ्जाका मिर्मी हुँदै बुटवल, काठमाडौ, पोखरा, पाल्पा, लगायत अन्य ठाँउहरुमा जाने यात्रुहरु र ब्यापारिहरु माल-सामान ढुवानी गर्दै यस सेवाबाट लाभान्वित भएका थिए ।

वर्षायामको समय जेठ देखि असोजसम्म कालिगण्ड्की नदिमा पानीको बहाव बढने र बिधुत उत्पादन गृहबाट पानीको बहाव धेरै हुदा बन्द गरिएका ढोकाहरु खोलिदिने र पानीको बेगिय प्रभाव बढ्ने हुदा स्टिमर सन्चालन कार्य बन्द गरिने गरिएको र कात्तिक देखि पुन: बैशाख महिनासम्म सन्चालन गरिने गरिएको छ ।

केही वर्ष पहिला नदिमा पानीको बेगिय प्रभाव कायम रहदै स्टिमर सन्चालनमा ल्याउदा दुर्घटना संगै मानबिय क्षति समेत भयको थियो । वर्तमान अवस्थामा प्रती ब्यक्ति एक पटक सवार गरेको रु १०० भाडा दर कायम गरिएको छ । वर्तमान अवस्थामा १० वटा अत्याधुनिक स्टिमर सन्चालनमा रहेका छन । प्राय नदि किनारामा डोरिले बाधेर राखेको देख्न सकिन्छ ।

अर्को पक्ष कालिगण्डकी A जलविद्युत उत्पादन स्थल (बेलटारी र ड्याम तल्लो मिर्मी) अवलोकन गर्न आउने स्वदेशी लगायत विदेशी पर्यटकहरु यो जलिय मानव निर्मित तालमा सन्चालित स्टिमर सेवा देख्दा अचम्म र निकै आकर्षित हुने गरेको पाइन्छ । जस्ले गर्दा मिर्मी देखि सेतीबेणि सम्म यश यात्रामा सवार गरि लामो जलिय यात्राको अनुभव लिनेगरेका छन ।

जस्ले गर्दा गुल्मि पर्बत र स्याङ्जाको पबित्र धार्मिक तथा सङ्गम स्थल सेतिबेणी र एसियाकै ठूलो सालिग्राम (सेतिबेणि सिला) तथा हिन्दु धर्मावलम्बिहरुको पबित्र धार्मिक स्थल सालिग्रामको प्रचार प्रसार र प्रवधनमा टेवा पुग्नुको साथै पबित्र धार्मिक स्थलको रुपमा स्थापित भयको छ ।

पछिल्लो समयमा स्टिमर ब्यवसाय सङ्कटमा परेतापनी अबका आगामी दिनमा पुर्ण सेवा सहित यश क्षेत्रलाई पबित्र धार्मिक र पर्यटकिय स्थलको रुपमा स्थापित गर्ने, सेतिबेणी सालिग्रामको व्यापक प्रचार प्रसार गरि मनग्य आन्तरिक तथा बाहिय पर्यटक भित्र्याउने ,हाम्रो परम्परा र धार्मिक सस्कृतिको संरक्षण गर्ने लक्ष्य र उद्देश्य रहेको स्टिमर सन्चालक समितिका अध्यक्ष डोल प्रसाद भट्टराईले बताउनु भयो ।

कालिगण्डकी करिडोर सन्चालनमा आयपछी यश क्षेत्रको प्रचार प्रसार व्यापक भयको र सालिग्राम दर्सन पुजा अराधना गर्न टाढा-टाढाबाट यस क्षेत्रमा आउने धर्मावलम्बीहरुलाई विशेष सुबिधा पनि भएको छ ।

अबका आगामि दिनहरुमा मनग्य धर्मावलम्बीको आगमन हुने अपेक्षा गर्नुको साथै यश क्षेत्रको धार्मिक, आर्थिक, सामाजिक, बिकासमा कालीगण्डकी करिडोर मेरुदण्ड साबित हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend