logo
  • सोमबार, असोज १२ २०८३

खाल वजारमा सरसफाई अभियान चल्यो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ असोज २८ ।
चाडवाड नजिकीदै गर्दा खाल वजारमा वृहत सरसफाई कार्यक्रम संचालन गरिएको छ। आइतवार विहानै वाट वडा अध्यक्ष मौसम काजि क्षेत्री, स्थानिय टोल नं. ५ समितिका अध्यक्ष ऋषिराम फुल्लेल, समशेर प्रताप सिंह, अमृत श्रेष्ठ, दिपक थापा लगाएत स्थानिय सक्रियतामा वजार क्षेत्र सरसफाई गरिएको हो।

सरसफाइ को क्रममा खाल देखि मार्के, धाइरिघाट सम्म वाटोको झाडि फाँड्ने, प्लाष्टिक टिप्ने, सरसफाई गर्ने लगाएतका कार्य गरिएको थियो। सम्पूर्ण वजारवासिको सक्रियता सहित सो कार्यक्रम सम्पन्न भएको थियो। वजार क्षेत्रमा फोहर वढिरहेको र चाडवाडलाई पनि मध्यनजर गरेर सरसफाई कार्यक्रमलाई वडा नं. ६ को प्रत्येक टोलमा अभियानकै रुपमा संचालन गरिएको वडा अध्यक्ष मौसमकाजि क्षेत्रीले वताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend