साझा नेटवर्क
कमल पौडेल, बागलुङ असोज २७ ।
नेपाल कम्यूनिष्ट पार्टिका स्थायी कमिटि सदस्य तथा संघिय सांसद देवेन्द्र पौडेलले निर्मला हत्या प्रकरणलाई मात्रै जोडेर सरकारको कामको आलोचना गरिनु दुखद् भएको वताउनु भएको छ।
आफ्नै निर्वाचन क्षेत्र बागलुङको वडिगाड गाउँपालिकामा नेकपाको तर्फवाट आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै सांसद पौडेलले सो कुरा वताउनु भएको हो। हत्या तथा वलत्कारका घटना वढ्ने कार्य दुखद् भएको र दोषिलाई कार्वाहिको दायरामा ल्याउनुपर्ने सवैको माग रहेको भन्दै सरकारले आवश्यक छानविन गरिरहेको र दोषि कार्वाहिको भागिदार वन्ने विश्वास व्यक्त गर्नुभएको छ।
सरकारको तर्फवाट केहि जनपक्षिय काम भएको भन्दै सांसद पौडेलले अन्तराष्ट्रिय सम्बन्धमा धेरै सुधार आएको, नेपाली लगानी सुरक्षीत गर्दै वैदेशिक लगानी भित्राउने वातावरण वन्दै गएको दावि समेत गर्नुभएको छ। नेकपा भित्र अहिले अवसर संगै दुई चुनौती रहेको भन्दै एकातर्फ जनपक्षिय सरकारको माध्यमवाट समृद्धि हासिल गर्ने तथा पार्टि संगठनलाई सुदृढ गर्ने दुवै वाटोलाई एकताका साथ अगाडि वढाउनुपर्ने वताउनु भएको छ ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सांसद चन्द्र वहादुर वुढा, नेकपा का केन्द्रिय सदस्य वलावति शर्मा, नेकपाका जिल्ला संयन्त्र सदस्य तथा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा, गण्डकी प्रदेश सांसद दिलमाया रोका, नेकपा का जिल्ला संयन्त्र सदस्य ज्ञामनाथ गैरे, लाल वहादुर थापा, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसाल, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ति, वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) पार्टि संयन्त्र वडिगाडका सदस्य तिर्थमणि भुसालको अध्यक्षता, नर वहादुर क्षेत्रिको स्वागत मन्तव्य तथा दिनेश शर्मा को संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend