साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज २५।
नविन कुमाल, उमेरले ७ बर्षका भए, शरिरको दाइने भाग राम्रोसंग चल्दैन् । इशारा सजिलै बुझेपनि, बोल्दैनन । उनको यो पुरानो समस्या हैन् । गत असार १ गते भीरबाट खसे । गम्भिर घाइते, उनी उपचारपछि बाँचे । तर जीवनभर शारिरीक समस्या बाँकी रह्यो ।
उनी इस्मा गाउँपालिका ६ अम्मरपुरको बुल्म प्राविमा कक्षा दुईमा पढ्थे । दिउँसो साथीहरुसंग नजिकैको रातापहराको भीरमा अरिङ्गाल हेर्न पुगे । उनलाई अरिङ्गालले एक्कासी टोक्यो । अत्तालिएका उनी सोहि भीरबाट लडे । टाउकोको आधा खप्परनै पुटेकाले जिल्लामा उपचार सम्भव थिएन ।
उनलाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा भर्ना गरियो । अस्पतालको ठुलो प्रयासमा नविन बाँचे । टाउकोकै जटिल शल्यक्रिया । अस्पताल खर्च सात लाख पुग्यो । गरिव कुमाल परिवारको । छोरो बच्यो, क्रृण र शारीरिक समस्या थपियो ।
छोरोको उपचार गर्दा खोजेको क्रृण तिर्न त्यो परिवारलाई मुस्किल प¥यो । गत भदौ पहिलो हप्ता नबिनका बाबु आमा टुमानसिंह र मिना कुमाल भारत पसे । घरमा दुई बर्षको दुधे बालक सहित तीन छोराछोरी छन् । कक्षा पाँचमा पढ्ने छोरी रेनु र बुढी आमैको भरमा घर छ ।
‘गरिवलाई दैव लाग्यो गाउँभरी क्रृण छ, तिर्ने उपाय भएन,’घर कुरेकी बालककी मावली हजुर आमा पुन कुमारी कुमालले भनिन,‘छोरी ज्वाँई नै भारत गए ।’ उनले यो बर्षनै घरको छानो फेरिएकोले बाबुको उपचारसहित करिव नौ लाख क्रृण भएको बताइन् ।
‘एउटा बिपन्न परिवारलाई नौ लाख धेरै ठुलो कुरा हो,’ इस्मा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष हिरा जिसीले भने,‘ जहाँ होचो त्यहि घोँचो भएको छ ।’ अझै बालकको अस्पतालमा फलोअप बाँकी छ । अस्पताल जाने आउनेदेखि लिएर औषधीमा समेत समस्या रहेको हजुरआमा पुन कुमारीले बताइन् ।
‘यो बाबु धेरै दिन बेहोस नै थियो, कसैले बाँच्ला भनेका होइनन,’स्थानीय देव कुमारी पराजुलीले भनिन,‘बचाँएर त ल्याए, तर तीजको बेला रुँदै बाउआमा भारत गए ।’ अहिले बालबालिकाको पालन पोषण साथै अध्ययनमा समेत समस्या भैरहेको छ ।
पीडित बालककी दिदि रेणु कुमाल बुल्म प्राविको कक्षा पाँच र नविनले कक्षा दुईमा पढ्छन् । रेणु आफैले डो¥याएर भाईलाई बिद्यालय पु¥याउँछिन् । शरिरको एक भागनै नचल्ने भएकाले दिनभर कक्षामा बस्न, दाहिने हातनै नचल्ले भएकाले लेख्न साह्रै मुस्किल पर्ने दिदिले सुनाइन् ।
यो बालक जस्तै धेरै जना उपचार खर्च तिर्न नसकेर घरखेत बेचेर सडक छाप भएका थुप्रै व्यक्ति र परिवार भएपनि राज्य निरिह भएको इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् ।
‘यो बच्चाको आधा खप्परनै थिएन, वडाध्यक्षले सहयोगको आग्रह गर्दै गाउँपालिका आउनुभयो,’उनले भनिन,‘ सहयोग गर्ने कुनै बिकल्प नभएकाले रित्तो फर्कायौ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend