साझा नेटवर्क
उत्तम भट्टराई, कतार ।
पाल्पाली सेवा समाज दोहा कतारले लोक गायक बद्रि पङगेनी सहित तिन कलाकारलाई सम्मान गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा कतारले केन्द्रिय भवन निर्माण सहयोगार्थ आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रम २०१८ का लागी कतार आएका लोक तथा दोहोरी गायक वद्रि पङगेनी, लोक तथा दोहोरी गायिका तुलसी क्षेत्री र नृत्यङ्गना रोजी बस्नेतलाई एक कार्यक्रमका विच दोसल्ला ओढाएर सम्मान-पत्रले सम्मान गरेको हो ।
दोहाको नज्मा स्थित गोर्खा रेष्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा वोल्दै गायक पङगेनीले बिदेशमा रहेर पनि नेपाल आमालाई गर्ने माया त्यो पनि अझै खाडी देशहरुमा रहेर नेपाल आमाप्रति गरेको योगदान अतुलनिय रहेको बताउँदै नेपाल अब समृद्धि तिर उन्मुख भएको र बिदेशमा सिकेको शिप अव समृद्धि नेपाल बनाउनका निम्ती उपयोग गर्नुपर्ने बताए ।
एउटा फरक प्रसङ्ग जोड्दै गायक पङ्गेनीले कुनै समय परिस्थितिले आफूले फरक गित गाएपनि आफू स्वतन्त्र कलाकार भएको बताए । पाल्पाली सेवा समाज दोहा कतारका अध्यक्ष ईश्वर काफ्लेको सभापतित्वमा र गैर आवाशिय नेपाली सँघ आईसीसि सदस्य बिमल सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुबेदीले कलाकार सबैको साझा भएको बताउँदै कलाकारले प्रस्तुति दिँदा समाजको एउटा पक्षतिर मात्र नलागी समग्र देशको प्रतिनिधित्व हुनेगरी आफ्नो प्रस्तुति दिनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा कतारका अध्यक्ष कृष्ण बराल, प्रदेश नम्वर ५ समन्वय परिषद कतारका कार्यबाहक अध्यक्ष ठाकुर कुमार परियार, प्रबाशी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, जनसम्पर्क समिति कतारका महामन्त्री मो. अजिज अलि, समाज सेवी तथा व्यवसायी मो. मुक्तदा मुसलमान, समाजका प्रमुख सल्लाहकार लिलम चिदि मगर लगायतले कलाकार राष्ट्रका गहना भएको बताउँदै कला र सँस्कृतिको जगेर्नाका निमित्त कलाकारको सधैँ सम्मान गर्नुपर्ने बताए ।
कार्यक्रममा रम्भा गाँउपालिका पाल्पाको एम्बुलेन्स सञ्चालन अभियान को निम्ति कतारवाट चन्ददाताको रुपमा आर्थिक सहयोग गर्नुहुने समाजसेवी तथा व्यवशायी माया केसी, तिलु शर्मा पौडेल, हुट बहादुर क्षेत्री र रामलाल खातीलाई दोसल्लाह र सम्मानपत्रले सम्मान गरिएको थियो ।
समाजका प्रथम उपाध्यक्ष महल केसीले उपस्थित आगन्तुकलाई स्वागत मन्तव्य राखेका थिए भने समाजका सल्लाहकारक रमेश कनौजे मगरले कार्यक्रमको सञ्चालन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend