logo
  • सोमबार, असोज १२ २०८३

राष्ट्रपतिसँग जापान र पोल्याण्डका राजदूतको छुट्टाछुट्टै भेट


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

काठमाडौँ, असोज २३ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज अपराह्न राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो ।भेटमा उहाँहरूबीच नेपाल–जापान सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आजै राष्ट्रपतिसँग नेपालका लागि पोल्याण्डका गैरआवासीय राजदूत आडम बुराकोस्कीले पनि शिष्टाचार भेट गर्नुभयो । भेटमा नेपाल र पोल्याण्डबीच विद्यमान सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा छलफल भएको थियो ।

दुवै भेटमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीका साथै जापान र पोल्याण्ड सरकारका अधिकृतको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend