साझा नेटवर्क
अनिल खत्री, गुल्मी असोज २२।
प्रदेस नम्बर ५ का सामाजिक बिकास मन्त्री शुर्दशन बरालले ठूला कलेजमा पढेर पनि सटीफिकेटको सिरानी लगाएर सुत्न पर्ने बाध्यताको अन्त्य हुनु पर्ने बताएका छन्।
सोमबार गुल्मी जिल्लाको ईश्मा गाउँपालिका वडा नं २ को पालुखा माध्यमिक बिधालयलाई कक्षा ११ र १२ सञ्चालनका लागि आयोजित धार्मिक तथा शैक्षिक महोत्सवको उद्घाटन गर्दै मन्त्री बरालले सटिपिकेटको सिरानी लगाए सुत्नु पर्ने केहि नभएको मान्छे जस्तो निरिह भएर हिडनु पर्ने अत्य गरिने बताएका छन् ।
उनले २१ औ शताब्दीमा बिश्वको युगमा संसारको जुनसुकै कुनामा उपस्थित भएर प्रतिस्पर्धा गर्न सक्ने योग्य युवा उत्पादन गर्न सरकार लागि परेको बताए । त्यसको निम्ति गाउँमा प्राबिधक शिक्षा आबश्यक रहेको छ मन्त्री बरालले भने,‘बर्तमान समय प्रबिधिमय भएकाले र गाउँघरमै बसी घरकै उत्पादन खाएर प्राबिधिक शिक्षा हासिल गर्ने गरि प्रदेश सरकार लागि परेको छ ।’
मुलुकको साधारण शिक्षा संगसंगै प्राबिधिक शिक्षा अहिलेको आबश्यकता भएकाले गाउँघरमै कृर्षि जेटिए लगायतका प्राबिधिक शिक्षालाई बिस्तार गरि बर्तमानयको आबश्यता रहेको बताए । गाउँकै बिधालयहरुलाई बिज्ञान प्रयोगशाला,कम्प्युटर प्रयोगशालाहरुलाई मध्यनजर राख्दै प्रबिधिसंग जुध्ने गरि अबको शिक्षा आबश्यकता भएकाले मन्त्री बरालको भनाइ छ । मन्त्री बरालले प्राबिधिक शिक्षा मापर्फत देशमा बिद्यमान बेरोजगारलाई अन्त्य गर्न सक्ने आधार भएको बताए ।
उनले अहिले गाउँदेखी शहरसम्म सुबिधा सम्पन्न प्रबिधिको माध्यमले नै जोड्न सकिने भएकाले त्यसको पनि गृहकार्य मन्त्रालयले गरिरहेको बताए । गाउँ र शहरलाई जोडने माध्यम भनेकै प्रबिधि हो मन्त्री बरालले भने,‘यसलाई मन्त्रालयले गम्भिरताका साथ लिएको र गाउँमा प्राबिधिक शिक्षालय स्थापना गर्नका लागि मन्त्रालयले भरपुर सहयोग गर्नेछ ।’
शैक्षिक तथा धार्मिक महोत्सबाट उठेको रकमलाई सहि सदुपयोग गरि प्राबिधिक शिक्षा स्थापना गर्न जोड दिए। उनले स्थानीय सरकारसंगको सहकार्यलाई जोड दिई प्राबिधिक शिक्षा लिनका लागि युवा युबतीहरुलाई शहर जान बाध्य हुने अबस्थाको अन्तय गर्न मन्त्री बरालले सुल्झाए । आजबाट सुरु भएको शैक्षिक तथा धार्मिक महोत्सब असोज ३० गतेसम्म सञ्चालन हुने महोत्सव मुल आयोजक समितिका संयोजक टिकाबहादुर रेश्मीले बताए ।
महोत्सवको पहिलो दिन बिभिन्न बिद्यालयका बिद्यार्थीहरु समुहहरुले कलश यात्रा सहित बिभिन्न कार्यक्रमहरु राखेका थिए । महायज्ञ सञ्चालन गर्नको लागि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबं इस्मा गाउँपालिका २ का वडा अध्यक्ष टिकाबहादुर रेश्मीको संयोजकत्वमा ३ सय ५१ सदस्यि मुल आयोजक समिति सदस्य गठन गरिएको थियो ।
महायज्ञलाई प्रभावकारी बनाएर सम्पन्न गर्नको लागि भन्दै २३ वटा उपसमिति समेत गठन गिरएको अयोजकले जनाएको छ । ९ दिन सम्म पालुखा माबिको छल्दीमा सञ्चालन हुँने महायज्ञमा बाल योगेश्वर महाराज कथा प्रवचन गर्ने बिद्यालयले जनाएको छ । महोत्सवबाट उठेको रकमबाट बिद्यालयले आगामी वर्षदेखि कक्षा ११ को पठनपाठन समेत सुरु गर्ने लक्ष्य लिएका छन् ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend