साझा नेटवर्क
अर्जुन पौडेल ।
नेपाली संगीतकको डिजिटल बजारमा दिनहु नयाँ गीहरु आउने क्रम बढ्दो छ । यसैबीच प्रवासलाई कर्मथलो बनाएर आफ्नो साहित्य यात्रालाई निरन्तर आगाडी बढाउदै आएका साहित्यकार, गजलकार, गीतकार लेख कार्कीको आधुनिक गित “गुँडैको चरी” सार्वजनिक भएको छ ।
महेस तिवारीको कर्णप्रिय आवाज र संगीतकार डी आर अटुटको संगीतमा सजिएको गित विन्ध्यवासिनी म्युजिक प्रालिको आधिकारिक युट्यूब च्यानल मार्फत डिजिटल बजारमा आएको हो ।
“यो मनको बुलूतुथ खुल्ला छ त्यो मनको कुरा सेन्ड गर दिनेछु साथ् बाचुन्जेल मुटुमा राखी सेभ गर” जस्ता डिजिटल सब्दहरु प्रयोगबाट सुसज्ज्ती गरिएको गीतलाई एरेञ्जर राजु कार्कीले एरेञ्ज गरेका छन् ।
पछिल्लो समय सबैको पहिलो रोजाईमा पर्ने बहुचर्चित मोडल वर्षा शीवाकोटी र चकलेटी मोडल पुष्प खड्काको आभिनय रहेको छ । म्युजिक भिडियोलाई निर्देशक कजिस श्रेष्ठको निर्देशनमा तयार पारिएको हो । भिडियोलाई अजय रेग्मीले छायांकन तथा दिपक बिस्टले सम्पादन गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend