साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज २१ ।
एकीकृत ग्रामीण विकास समाज गुल्मीको २४ औं साधारण सभा तथा ११ औ अबिधेशन सम्पन्न भएको छ । साधारण सभा तथा अबिधेशनको प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले उद्घाटन गरे ।
कार्यक्रमलाई संबोधन गर्दै पराजुलीले गैर सरकारी संस्थाहरुको अवको काम स्थानीय निकायसंगका समन्वय र सहकार्यमा सुखी नेपाली : समृद्ध नेपालको अभियानमा यो समाजलाई जोडनु रहेको बताए ।
जिल्लामा नमुना गैरसरकारी संस्थाको रुपमा चिनाउन सफल एकीकृत ग्रामीण विकास समाजले सामाजिक विकासमा खेलेको भुमिकाको प्रसंसा गरे। उनले झोले संस्थाले गैरसरकारी संस्थाहरुको छवि धुमिलाएको भन्दै देशमा लोकतन्त्रलाई संस्थागत गर्नेदेखि लिएर समग्र राजनीतिक,आर्थिक, सामाजिक परिवर्तनमा नागरिक समाज र गैरसरकारी संस्थाहरुले खेलेको भुमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
पराजुलीले संविधानको परिकल्पना र सरकारले लिएका दिगो विकासका लक्ष्यलाई पुरा गर्न संस्थाहरुले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकायबाट सहयोग लिएर पनि योगदान पुराउँदै आएको औल्याए । कार्यक्रममा संस्थाका अध्यक्ष हिरा अर्यालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेको संस्थाका कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले बताए ।
एकीकृत ग्रामीण विकास समाज गुल्मीको ११ औ अबिधेशनले पुन हिरा अर्यालको अध्यक्षतामा नौ सदस्य कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा भगवति श्रीस, सचिवमा शंकर नेपाली र कोषाध्यक्षमा तुल्सीराम काउछा रहेका छन् । साथै सदस्यहरुमा इन्दुका केसी, ओम बहादुर कार्की, बिन्दु पन्थी मरासिनी, कमला विश्वकर्मा र बिष्णु विश्वकर्मा रहेको निर्वाचन मण्डलका संयोजक गोपाल खनालले बताए। अधिवेशनले सल्लाहकार समिति, पदपुर्ति समिति, खरिद समिति, आन्तरिक लेखा समिति, अनुगमन तथा मुल्यांकलन समिति, स्रोत परिचालन समिति, गुनासो सुनुवाई समिति,पैरवी तथा संचार र बौद्धिक व्यावस्थापन समुह गठन तथा उनीहरुको काम कर्तव्य र अधिकारका साथै संसोधन गरिएका नीति एवं निर्णहरु पारित गरेको छ ।
एकीकृत ग्रामीण विकास समाज गुल्मीले बिशेष कार्यक्रमको अवसरमा संस्थाको विभिन्न पदमा काम गर्ने कर्मचारी र नागरिक समाजका प्रतिनिधीलाई समेत सम्मान तथा पुरस्कृत गरेको छ । कार्यक्रममा सामुदायिक पोषण सहजकर्ता मिना दर्लामी, प्रशासन तथा लेखा सहायक निराजन अधिकारी, फिल्ड सुपरभाइजर सुमित्रा भण्डारी बिष्ट र उत्कृष्ट कर्मचारी पुरस्कृतमा कार्यक्रम संयोजक हिरा कुवरलाई उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेको संस्थाका सचिव शंकर नेपालीले जानकारी दिए । त्यस्तै सस्थाको अर्घाखाँची शाखा अध्यक्ष हृदय भुसाल, अलित अधिकारीकर्मि कमला बराल र नागरिक समाजका अध्यक्ष पदम प्रसाद पाण्डेयलाई सम्मान गरिएको नेपालीले जानकारी दिए ।
एकीकृत ग्रामीण विकास समाज गुल्मी मुनाफारहित जनहितकारी गैरसरकारी सामाजिक संस्था हो । यो संस्था २०५१ साल माघ १९ गते जिल्ला प्रशासन कार्यालय गुल्मीमा दर्ता भएको हो । संस्थाले विगत लामो समयदेखि स्वास्थ्य र पोषण, आयआर्जन र जीविकोपार्जन, सुशासन, पारदर्शिता र जवाफदेहिताको क्षेत्रमा काम गरिरहेको संस्थाका अध्यक्ष हिरा अर्यालले बताए । साथै संस्थाले आगामी दिनमा विपद् व्यवस्थापनको क्षेत्रमा समेत काम गर्नेगरी रणनीतिक योजना तय गरेको छ ।
यो संस्थाले विगतमा फिनिडा र गार्डेपको सहयोगमा खानेपानी र सरसफाइ योजनाहरु तथा क्षमता विकासका कार्यक्रमहरु, युएनडिपीको सहयोगमा संवैधानिक संवाद कार्यक्रम, संस्कृति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा संस्कृति संरक्षण कार्यक्रम, सुन्तलाखेती लगायतका युवा साझेदारीका कार्यक्रमहरु गरेको अर्यालले बताए । त्यस्तै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र एलजिसिडीपी र एलजिएफसंगको सहकार्यमा स्थानीय निकायको कानुनी र नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रम र सामाजिक परिचालन कार्यक्रम, जिल्ला जन/स्वास्थ्य कार्यालयको सहयोगमा समता र पहुच कार्यक्रम तथा विभिन्न स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण कार्यक्रमहरु सम्पन्न गरेको संस्थाका कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले बताए ।
त्यसैगरी यसले हेफर इन्टरनेशनल नेपालको सहयोगमा बाख्रा विकास परियोजना, युएसएआइडीको सहयोगमा सुआहारा कार्यक्रम, ग्क्ब्क्ष्म््ँज्क्ष्घटण् को सहयोगमा गुल्मी र अर्घाखाँची जिल्लामा पारस्पारिक जवाफदेहिता परियोजना, जिल्ला शिक्षा कार्यालयको सहयोगमा अनौपचारिक शिक्षा र सामुदायिक अध्ययन केन्द्र, विभिन्न स्थानीय तहहरुको सहयोगमा दुई जिल्लामा सुशासन प्रवद्र्धन कार्यक्रम, महिला सशक्तीकरण कार्यक्रम, कानुनी अनुशिक्षण, दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम, दायित्व अभियानको सहयोगमा नयाँ घर लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको निर्देशक विश्वकर्माले बताए ।
संस्थामा हाल ४५ जना साधारण सदस्यमध्ये १९ जना महिला रहेका छन् । संस्थामा हाल ४८ जना पूर्णकालीन कर्मचारी रहेका छन् । जसमा ३७ जना महिला, नौ जना दलित, १६ जना जनजाति र २२ जना अन्य समुदायबाट रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend