logo
  • सोमबार, असोज १२ २०८३

दसैँ–तिहारलाई लक्षित गर्दै शनिबार पनि तम्घासका पसल खुल्ला


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी असोज २१।
नजिकिदै गरेको दसैँ, तिहारलाई लक्षित गर्दै गुल्मी सदरमुकाम तम्घासमा शनिबार पनि पसल खुला गर्न दिइएको छ । चाडवर्पहरु नजिकिएसँगै प्रतिपदा सुरु भएपछि अर्थात असोज नौ गतेदेखि नै बजारका पसलहरु शनिबार पनि खुलाइएको हो ।दसैँपछाडि तिहार, छट एवम् पेन्सन वितरण अवधिभरसम्म शनिबार पनि बजारका सबैजसो पसलहरु खुला गर्न अनुमति दिइएको उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए । बाणिज्य संघले प्रत्येक बर्षको महत्वपूर्ण चाडर्व तथा पेन्सन वितरण अवधिभर तम्घासका पसलहरु खुलाई ब्यापार गर्न ब्यवसायीहरुलाई अनुमति दिन्छ ।
बजार खुलेसँगै देश तथा विदेशबाट आउने सबैलाई सुविधा भएको छ । शनिबार पनि उनिहरुले आफ्ना आवश्यकताका वस्तुहरु खरिद गर्न पाएका छन् । पछिल्लो समयमा तम्घासको ब्यापार घट्दै गएपनि शनिबार पनि ब्यापार गर्न दिनुले आफूहरुलाई पनि राहात भएको ब्यापारीको भनाई छ ।

तम्घासमा हाटबजार संचालनमा आएसँगै शनिबारदेखि फलफूल, औषधी र मासु पसलबाहेकका अन्य पसलहरु बन्द गरिदै आएको छ । पहिले–पहिले हाटबजार संचालनमा आएपनि विगत पाचँ बर्षदेखि हाटबजारको पनि कुनै अत्तोपत्तो छैन । तर सदरमुकामका पसलहरु भने बन्द गर्न छाडिएको छैन ।

रेसुङ्गा नगरपालिका वडा नम्बर ९ मा पर्ने जिल्ला समन्वय समितिको जग्गामा रेसुङ्गा नगरपालिका हाटबजार बनाउन लागेको जनाएको छ । हाटबजारको काम पनि अन्तिम चरणमा पुगेको अबको केहि महिनामै संचालनमा आउने नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति : २१ असोज २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend