साझा नेटवर्क
तिलु शर्मा पौडेल, दोहा ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कतार साखाको आयोजनामा भोलि अर्थात अक्टुबर ५ तारिक डल्ला ड्राइभिङ् एकेडेमीको हलमा “प्रतिष्ठानको केन्द्रिय भवन निर्माण सहयोगार्थ” सम्पन्न हुन् लागेको विजयादशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान सहित विविध साँस्कृतिक कार्यक्रम-२०७५” मा आफनो साँगितिक प्रस्तुति दिन नेपालबाट सस्थाका केन्द्रिय अध्यक्ष तथा लोक दोहोरी गायक बद्रि पंगेनी, लोक तथा दोहोरी गायीका तुलसी क्षेत्री र नृत्यङ्गना रोजी बस्नेत कतार पुगेका छन ।
उनीहरुलाई कतारको हमाद इन्टरनेसनल एयरपोर्टमा भब्य स्वागत गरिएको छ ।कलाकारको स्वागतका लागि सस्थाका अध्यक्ष कृष्ण बराल, प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक शक्ति क्षेत्री, सल्लाहकार इश्वर काफ्ले लगायत कार्य समितिका बिभिन्न ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
स्वागतपछी छोटो प्रतिक्रिया दिदै सयोजक क्षत्रीले कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको र कतारमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा निमन्त्रणा गर्दै साथ् र सहयोगको अपेक्षा गरेको बताए भने अध्यक्ष पंगेनीले सम्पूर्ण कलाकारहरु अटाउने यस सस्थाले लिएको पवित्र उदेश्यलाइ साथ् दिएर कार्यक्रममा आइ मनोरन्जन लिएर कार्यक्रमलाइ हरेक कोणबाट सफल बनाईदिन हुन् आग्रह गरे ।
महिला प्रबेश निशुल्क गरिएको कार्यक्रम सुक्रबार बिहान ११ बजेबाट सुरु हुने जानकारी कतार साखाका अध्यक्ष बरालले गराए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend