logo
  • शनिबार, साउन ३० २०८३

नायिका वर्षा र नायक जीवनको ‘तारा खसेछ’ सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क ,काठमाडौँ।
गायक सोहन घिमिरेको आवाजमा रहेको नयाँ गीत ‘तारा खसेछ’को म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित नायिका वर्षा शिवाकोटी र नायक जीवन भट्टराई अभिनित म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन्।
म्युजिक भिडियोमा नायक भट्टराईले नायिका वर्षा राउतलाई “तारा खसेछ, भनु कि नभनु हजुर माया बसेछ ” भनेर मायाको प्रस्त्ताब गरेका छन्। “डान्सिङ्ग नम्बर “को उक्त गीत पार्टी, बिबाह, भोजहरुमा चर्चित हुन थालेको छ।

गायक घिमिरेको “तीनजुरे अल्बम”मा समावेश उक्त गीतमा गायक सोहनकै शब्द रचना अनि संगीत रहेको छ भने बुद्ध स्यान्ग्वाको एरेन्ज रहेको छ । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । उत्सब दाहालको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ।

बुढासुब्बा डिजिटल प्रालिको युट्युब च्यानलबाट सार्बजनिक गरिएको  हो ।

भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend