logo
  • शनिबार, साउन ३० २०८३

काउली बुढी र मोहन खड्काको स्वरमा मर्म स्पर्श दशैं गीत बजारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, बुटवल असोज १५ ।
पछिल्लो समय नेपाल आइडलमा आफ्नो प्रस्तुति देखाएर जजहरुलाई अचम्मित तुल्याएकी काउली बुढी एकाएक चर्चाको शिखरमा पुग्न सफल भइन् ।
उनको कलालाई दर्शकले राम्रो मुल्यांकन गरे साथै पछिल्लो समयमा उनलाई भ्याई न भ्याई भएको छ । काउली बुढी अर्थात् सन्ध्या बुढा र मोहन खड्काको स्वरमा रहेको अत्यन्तै मर्म स्पर्श गीत “घुम्दै आयो दशैं तिहार ” स्वाभिमान क्रियशनले बजारमा ल्याएको छ ।

अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोको निर्देशन सम्पादन छायांकन बिष्णु भट्टराईले गरेका छन् भने राजु महोत्रा, मीरा महोत्रा, र मिन खत्रीको अभिनय रहेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ । मोहन खड्काकै लय रहेको गीत भर्खरै मात्रै बजारमा सार्बजनिक भएको छ।

हेरौ उक्त गीतको भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend