साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार ।
सेल्फी टिभीको ब्यानरमा निर्मित छोटो चलचित्र “चोर ट्याक्सी” सार्वजनिक हुने भएको छ । सो चलचित्रलाई १ अक्टोबर अर्थात भोलिबाट सेल्फी टिभी कै युट्युव च्यानल मार्फत सार्वजनिक गर्न लागिएको हो ।
चलचित्रमा अध्ययन र रोजगारीका लागि विदेश जानेहरुको कथा वस्तुलाई समेटिएको छ । युवा अवस्थामा आउने जोस, गलत निर्णय र भोगाईको परिणामलाई चलचित्रमा वास्तविकता जस्तै लाग्ने गरी उतार्ने कोशिस गरिएको छ ।
कुशल निर्देशक भविन्द्र तामाङले निर्देशन गरेको उक्त चलचित्रमा प्रकाश न्यौपाने, ज्ञानेन्द्र रसाइली, मुना गिरी, राजेन्द्र थापा, मिलन विश्वकर्मा, प्रदिप भुषाल र राजेन्द्र खड्काको अभिनय गरेका छन ।
निर्देशक तामाङ कै लगानीमा निर्माण भएको “चोर ट्याक्सी”ले युवा पुस्ताहरुलाई गलत निर्णय लिनबाट जोगाउनको लागि चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने कलाकार मिलन विकले साझा नेटवर्कलाई जानकारी दिए ।
करिव २०० भन्दा बढि म्युजिक भिडियोहरु र न्यु जेनेरेसन नामक नेपाली चलचित्र समेत निर्देशन गरिसकेका निर्देशक तामाङ्गले चलचित्रमा सबैको उत्तिकै मेहनत रहेको हुनाले चलचित्र राम्रो बनेको र सबै दर्शकहरुले मन पराउनेमा निर्माण पक्ष विश्वस्त रहेको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend