साझा नेटवर्क
नारिलाई एक्लै भेटे अस्तित्व नै लुट्दा रैछन
पैसा खुवाए पछि यहाँ बलात्कारी छुट्दा रैछन ।।
को हो रक्षकको भक्षक खै कसरी चिन्ने होला
सुरक्षा कर्मीले नै निर्दोष जनता कुट्दा रैछन ।।
गरिबहरु अन्यायमा परे पनि कसलाइ चासो
ठुला बडाको गल्ति लुकाउन नेताहरु जुट्दा रैछन ।।
न्याय पाउने आशा बोकि जुलुसमा उत्रिदाँ नि
प्रसासनको लाठीले तिन्कै शिर फुट्दा रैछन ।।
Süräj Brøës
अर्खले, गुल्मी नेपाल
हाल : बिरानो मुलुक
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend