logo
  • सोमबार, असोज १२ २०८३

श्रीमद् भागवत महायज्ञको चौथो दिनसम्म ३६ लाख रकम सङ्कलन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सज्जन ढकाल, गुल्मी असोज १३ ।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका ७, भुर्तुङ छापचौरमा अवस्थित श्री दुर्गा भवन मा.बिमा सर्वसुलभ प्राबिधिक शिक्षा सन्चालन गर्नका लागि असोज ९ गते देखि १६ गतेसम्म संचालित श्रीमदभागवत महायज्ञको चौथो दिन आस्बिन १२ गतेसम्म चन्दादाता माहानुभावहरुबाट छत्तिस लाख छब्बिस हजार सात सय अठ्चालिस् रुपियाँ रकम उठेको छ ।

रकम उठने क्रम जारी छ, दिन प्रतिदिन सर्दालु भक्तजनहरुको पवित्र धार्मिक कार्यमा दर्शन, पुजा-आजा, अराधना र कथा प्रवचन श्रवण गर्ने भिड बढ्ने क्रम जारी छ । विशेष गरि श्रीमदभागवत महायज्ञको कथा प्रवचन वाचक प्रविण पन्डित दिनबन्धु पोख्रेल र सहवाचक धुर्व शरण बस्यालले गर्नु भएको छ ।

साथमा ॐकार भजन समुहको जोडदार भजन प्रस्तुती संगै कथा अनुरुपको नाटकिय अभिनयले कार्यक्रमलाई रोचकता प्रदान गरेको छ । दिवाकालिन कथा प्रवचन दिनबन्धु पोख्रेल र रात्रिकालिन कथा प्रवचन सहवाचक धुर्ब शरण बस्यालले गर्दै आउनु भएको छ ।

महायज्ञ प्रत्येक दिन कार्यक्रम बिहान दश बजेदेखि बेलुका पाँच बजेसम्म र पुनः बेलुका आठ बजे देखि राति ११ बजेसम्म सन्चालन हुने गरेको छ । उक्त समयमा विशेष गरी भजन प्रस्तुती र स्थानिय जनसुदायको नाच र उपस्तिथि हुने गरेको छ ।

कार्यक्रम अवधी भर स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण भक्तजनहरुलाइ कार्यक्रममा सहभागी भई सक्दो आर्थिक सहयोग गरि पुण्य आर्जन गर्नु हुन आयोजक स्रोतले हार्दिक निमन्त्रणा गरेको छ ।

आजसम्म आर्थिक रकम सहयोग दान गर्ने पवित्र मनहरुलाई आयोजक स्रोत सु-स्वास्थ्य दृघायु समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय सुभकामना व्यक्त गर्नुका साथै रकम सहयोग गर्न कार्यक्रम स्थलमा उपस्थित महानुभावहरुलाई पन्चेबाजा र स्थानिय झाकिबाट स्वागत गर्ने गरिएको छ ।

कार्यक्रम अवधीभर इच्छुक भक्तजनहरुले लाख बत्ती जलाउन, पितृको लागि सराद्ध, बिवाह, ब्रतबन्ध, ग्रहदसा कटाउने, तुला दान गर्ने ब्यवस्था पनि यज्ञमन्डपमा गरिएको छ ।

जस्को लागि आयोजकले न्युनतम मूल्य निर्धारण गरेको छ । कार्यक्रम अवधिभरमा आजसम्म उठेको रकमको तेब्बर रकम उठ्ने अनुमान गरिएको महायज्ञ मुल समितिका निर्देशक लोकप्रताव साहले साझा नेटवर्कलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend