logo
  • सोमबार, असोज १२ २०८३

लायन्स क्लवद्धारा गुल्मीमा निशुल्क वृहत स्वास्थ्य शिविर

झण्डै एक हजारको स्वास्थ्य परिक्षण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

????????????????????????????????????

टोपलाल अर्याल, गुल्मी असोज १२ ।
विश्व मुटु दिवसको अवसरमा गुल्मीको तम्घासमा वृहत स्वास्थ्य शिविर संचालन भएको छ । लायन्स क्लव अफ काठमाण्डौ लर्ड बुद्धको मुख्य तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मी र सशस्त्र प्रहरी परिवार महिला संघको सह–आयोजनामा शिविर संचालन भएको हो ।शिविरमा मुटुको इसिजी, इको कार्डियोग्राम, अल्ट्रासाउण्ड, इन्डोस्कोपी र प्याथोलोजी सहित एक दर्जन रोगको उपचार तथा निशुल्क औषधी बितरण गरिएको लायन्स क्लव अफ काठमाण्डौ लर्ड बुद्धका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताए । शुक्रबार पहिलो दिन झण्डै एक हजारको स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी वितरण गरिएको उनले बताए । बिहान जिल्ला समन्य समिति प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको बरिष्ट मुटु रोग बिशेषज्ञ डाक्टर प्रकाशराज रेग्मी र मुटुरोग बिशेषज्ञ दिनेशचन्द्र पोखरेलले व्लड प्रेसर जाँच गरेर शिविरको शुभारम्भ गरेका थिए ।

बरिष्ट मुटुरोग बिशेषज्ञ सहितको जम्बो टोली

लायन्स क्लव सहितका संस्थाहरुले यो बर्षको विश्व मुटु दिवस नै गुल्मीमा मनाउँदै छन् । जसका लागि गुल्मीकै इतिहासमा बिशेषज्ञ डाक्टर सहितको जम्बो टोली तम्घास आएको छ । शिविरमा बिर अस्पतालका मुटुरोग विभाग प्रमुख तथा बरिष्ट मुटुरोग बिशेषज्ञ प्राध्यापक डाक्टर प्रकाशराज रेग्मी र शहिद गंगालाल हृदयरोग केन्द्र काठमाण्डौका बरिष्ठ जनरल फिजिसियन तथा पेट आन्द्रा लिभर तथा मधुमेह रोग बिशेषज्ञ डाक्टर दिनेशचन्द्र पोखरेलको नेतृत्वमा बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टरसहित तीन दर्जन हाडजोर्र्नी तथा नशारोग बिशेषज्ञ, प्रसुती रोग बिशेषज्ञ डाक्टरहरुको टोली तम्घासमा आएको सह–आयोजक नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीका सचिव तारा भुसालले जानकारी दिए ।

गृहमन्त्री बादल जन्मथलो गुल्मी आउने

विश्व मुटु दिवसको बिशेष कार्यक्रमलाई संवोधन गर्न नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा वादल गुल्मी आउने भएका छन । गृहमन्त्री नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीको आयोजनामा शनिबार हुने कार्यक्रमका गुल्मी आउने प्रतिष्ठान गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयले बताए ।

सोहि कार्यक्रमको लागि पुर्व अध्यक्ष तथा वर्तमान महासचिव बरिष्ट मुटुरोग बिशेषज्ञ प्राध्यापक डाक्टर प्रकाशराज रेग्मी गुल्मी आएका छन् । गृहमन्त्रीले शनिबार विहान साढे ८ बजे आफ्नो जन्मथलो मुसिकोट नगरपालिका ३ वडागाउँ दजाकोट आउने कार्यक्रम छ ।

लामो सयमपछि आफ्नो जन्मथलो आउन लागेका गृहमन्त्री राम बहादुर थापा बादललाई नगरपालिकाले अभिनन्दन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

गृहमन्त्रीले आफ्नो जन्मथलो वडागाउँमा पारिवारिक भेटघाट गर्ने र सदरमुकाम तम्घासमा विश्व मुटु दिवसको कार्यक्रमलाई संवोधन गरेर फर्कने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । गृहमन्त्री जिल्ला आउने भएपछि जिल्लाको सुरक्षा ब्यवस्था समेत कडा पारिएको छ ।

उनको सुरक्षाका लागि जिल्लाका सवै सुरक्षा संयन्त्र परिचालन भएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले बताए । गृहमन्त्रीसंगै मन्त्रीहरु, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालसहित गृह मन्त्रालयका सचिव लगायत अन्य उच्च पदस्थ ब्यक्तिहरु गुल्मी आउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend